
भवानीप्रसाद पाण्डे/
ओस्लो (नर्वे), १० पुस । नेपालीजनसम्पर्क समिति नर्वेको सम्पन्न दोश्रो अधिवेशनले जितेन्द्रबिक्रम शाहीको अध्यक्ष्यतामा २५ सदस्यीय कार्य समिति निर्विरोध रुपमा निर्बाचीत गरेको छ ।
समितिको बरिष्ठ उपाध्यक्षमा सुदिपराज पाण्डे तथा उपाध्यक्षहरुमा केशव पुरी, नारायणसिंह थापा र बिष्णु सापकोटा तथा महामन्त्रीमा कबिन्द्र ढकाल, सहमहामन्त्रीमा सुर्यप्रसाद सुबेदी, बिष्णु गौतम, नबराजअधिकारी र देबेन्द्र के सी, कोषाध्यक्षमा कोपीला गिरी र सह कोषाध्यक्षमा राजनगौचन रहनु भएको छ ।
सदस्यहरुमादिनेश कोइराला, बिजय खतिवडा, प्रतिक्षा के सी, मोहम्मदजाहगीर अलि, बिक्रम बम, पारसमणि मिश्र, रबि खड्का, हेमराजश्रेष्ठ, मोहन के सी, सुरेस यादब र चक्र बिक्रम शाही रहनु भएको छ ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले जनसम्र्पक समितिहरु नेपाली कांग्रेसको मेरुदण्ड भएको बताउदै महाधिवेशनमा अनुपातीक सहभागीताको लागि केन्द्रीय समितिमा कुरा उठाउने उल्लेख गर्नुभयो ।
उहाले सातजना नेताहरु बसेर मात्रै निर्माण गर्ने प्रान्तहरुले संघीयतालाई सस्थागत गर्न नसक्ने बताउनु भयो । केन्द्रीय सदस्य पौडेलले नेपाली सेनालाई भारतीय सेनाको अधिनमा रहेर शान्ति मिसनमा पठाउने प्रकृया मान्यनहुने बताउनु भयो ।
समितिका अध्यक्ष जिवन शाहीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डे, नेपाली कांग्र्रेसका महासमिति सदस्य रामचन्द्र पाठक, महाधिवेशन प्रतिनिधि भरत रकाल, पत्रकार भवानीप्रसाद पाण्डे, नेपालीकांग्रेस अर्घाखाची सम्पर्क समाजका सचिबधर्म खनाल, प्रवासी नेपाली मञ्चका अध्यक्ष अमरवहादुर सिंह, अन्तराष्ट्रिय नेपाली समाजका हरि पाठक, बिबेकसिल नेपालीका डि पीन्यौपाने, एनआरएनकुमार पण्डित, प्रेम परियार, नेपोसका हरि वानीया, नेस्कोका अमृत दाहाल, हेल्पीड हेण्ड्सका कृष्ण श्रेष्ठ लगाएतले बोल्नु भएको थियो ।