एमाले नेताद्धारा अखिललाई आन्दोलन चर्काउन निर्देशन

300

एमाले नेताद्धारा अखिललाई आन्दोलन चर्काउन निर्देशन

भैरहवा, १० पुस । सरकारी विधेयक राष्ट्रघाति भएकोले त्यसको विरुद्धमा नेकपा एमालेद्धारा आयोजित हरेक आन्दोलनलाई चर्काउन एमाले नेताहरुले आफ्ना विद्यार्थी संगठनका नेताहरुलाई निर्देशन दिएका छन् ।

नेकपा एमाले रुपन्देही क्षेत्र नम्बर २ को विद्यार्थी विभागलले आयोजना गरेको बैठकमा बोल्दै एमाले जिल्ला सचिव जागेश्वरी चौधरीले राष्ट्र र राष्ट्रियताको खातिर सबै तह र तप्का एक भएर अहिले आन्दोलनमा होमिनुपर्ने बताईन् । नेता चौधरीले भनिन् “विद्यार्थी भनेका समाजका सचेत वर्ग हो । यसैले सबै विद्यार्थीहरुलाई अनेरास्वियुले नेतृत्व गदै जारी आन्दोलनको मोर्चा सम्हालेमा आन्दोलनले निश्कर्ष लिन मद्धत पुग्नेछ । ”
सोही अवसरमा एमाले जिल्ला कमिटी सदस्य हितराज पन्थीले परिवर्तनको संवाहक अनेरास्वीयुले इतिहांसको कालखण्डमा महत्वपुर्ण मोर्चाको कमाण्ड सम्हालेर सफलता पनि प्राप्त गरेको वृतान्त सुनाउदैं अखिल सम्बद्ध सम्पुर्ण नेताहरुले विश्वविद्यालय, क्याम्पस, कलेज पढ्ने सबैलाई गोलबन्द गदै विखण्डनकारीको विरुद्ध जाइलाग्न निर्देशन दिए ।

एमाले जिल्ला सदस्य उमा अधिकारीले अनेरास्ववियुले नेपालको राजनैतिक आन्दोलनमा जसरी अग्रणी मोर्चामा रहेर काम गरयो, त्यसरी नै यो आन्दोलनमा पनि होमिने जनाउदैं सबै विद्यार्थिलाई पुनः आन्दोलनमा सरिक हुन आग्रह गरिन् ।

उक्त अवसरमा नेकपा एमाले क्षेत्रीय कमिटी सदस्य नरेश के.सी., नेकपा एमाले नगर सचिवालय सदस्य तथा विद्यार्थी इन्चार्ज प्रकाश पाण्डे, भैरहवा बहुमुखी क्याम्पस स्ववियु सचिव तथा एमाले नगर सदस्य चक्र बहादुर थापा, अनेरास्ववियु जिल्ला सहसचिव लक्ष्मी के.सी, जिल्ला सदस्यहरु दिनेश खनाल, प्रकाश न्यौपाने, अनेरास्ववियु क्षेत्रीय अध्यक्ष झक बहादुर आले, अनेरास्ववियु भैरहवा क्याम्पस अध्यक्ष शसी पन्थी  लगायतले मन्तब्य राख्दै वर्तमान अवस्थामा आन्दोलनको सार्थकताको बारेमा प्रकाश पारेका थिए ।

यसैबीच अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पसको क्याम्पस सम्मेलन आगामी माघ १० गते क्याम्पस प्रांगणमा हुनेगरी मिती समेत तय भएको छ । सो सम्मेलनको तयारी आजै देखी थाल्न पनि नेताहरुले क्याम्पस कमिटीलाई निर्देशन दिएको क्याँम्पस सचिव सागर यादवले जानकारी दिए ।