
बुटवल, १० पुस । महिला समानताका लागि संचार अभियानद्धारा संञ्चालित सामुदायिक रेडियो मुक्ति ९५.५ बुटवल शनिवार देखि आठ बर्ष पुरा भइ नौ बर्षमा प्रबेश गरेको छ । सचेत नारी सचेत परिवार, हरेक क्षेत्रमा समान अधिकार भन्ने नाराका साथ स्थापित रेडियो मुक्तिले २०६५ साल पुस ९ गतेबाट नियमित प्रसारण सेवा सुरु गरेको हो ।
महिलांिहसा न्यूनीकरण, महिला शशतmीकरण र समाज रुपान्तरणका लागि आवाज उठाउदै आएको रेडियोले आफ्नो नवौ बर्ष प्रवेशको अवसरमा रेडियोले बुटवल १५ जितगढीमा रहेको कुष्ठरोगबाट प्रभावित व्यक्ति कल्याण समिती र तिलोत्तमा नगरपालिका मणिग्राममा रहेको अनाथ असहाय महिला कल्याण समाज आश्रमलाई पांच/पांच हजार सहित आर्थीक सहयोग गरेको छ ।
कुष्ठरोगबाट प्रभाबित व्यक्ति कल्याण समिती मा रहनु भएका कुष्ठप्रभावित खगीसरा गुरुङ्ग र अनाथ असहाय महिला कल्याण समाजका अध्यक्ष मैनादेवी भण्डारी लाई सो रकम रेडियोका अध्यक्ष साबित्रा अर्यालले हस्तान्तरण गर्नुभयो । दैनिक १८ घण्टा प्रसारण हुदै आएको रेडियो मुक्तीले नौ बर्षमा प्रवेशको अवसरमा यहि पुस १४ गते विहीबार महिला शसतmीकरणका लागि रेडियो मुक्तीको भुमिका बिषयक सरोकारवाला सँग अन्तरसँवाद कार्यक्रम गर्ने निर्णय गरेको छ ।

सहयोग हस्तान्तरण कार्यक्रम रेडियोका अध्यक्ष साबित्रा अर्यालको अध्यक्षता, सँस्थाका सचिव गोमा आचार्ये र सँस्थापक सदस्य तिला सुवेदीको स्वागत तथा स्टेशन म्यानेजर कल्पना तिवारीको सँञ्चालनमा सम्पन्न भएको थियो ।