ल्होसारमा रचनात्मक कार्यक्रम गरिने

411

ल्होसारमा रचनात्मक कार्यक्रम गरिने

बुटवल, १० पुस । तमु ह्युल छोंज धिं गुरूङ राष्ट्रिय परिषद, रूपन्देहीेले तमु ल्होसार पर्व साताव्यापी रूपमा विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । परिषद्ले आज बुटवलमा पत्रकार सम्मेलन गरी २६०० औं तमु ल्होसार च्यहल्हो पर्व विभिन्न कार्यक्रम गरी मनाउने जानकारी दिएको हो ।

तमु ह्युल छोंज धिं गुरूङ राष्ट्रिय परिषद्का निर्देशक तथा केन्द्रीय अनुगमन समितिका सदस्य भीम गुरूङले विभिन्न सामाजिक कार्यक्रम गरी तमु ल्होसार मनाउने जानकारी दिनुभयो । सोमबार बिहान तमुहरूका सम्पूर्ण इकाई नगर समितिहरूले विभिन्न सार्वजनिक महत्वका स्थानहरूमा सरसफाई गरिने उहाँले बताउनुभयो ।  त्यस्तै मंगलबार बिहान मैनावगर स्थित वृद्ध आश्रमका वृद्ध वृद्धाहरूलाई फलफूल वितरण गर्ने, र १३ गते जिल्ला कार्यालयमा खेलकूद कार्यक्रम गरिने छ ।

१५ गते मूल समारोहमा जिल्लाका सबै समितिहरू भ्रातृसंस्थाको सहभागितामा वृहत शान्ति ¥याली वेसक्याम्पबाट सुरू गरी सहरका विभिन्न स्थानको परिक्रमा गर्नेछ । मूल समारोहमा रक्षामन्त्री बालकृष्ण खा“ण सहभागी हुने तमु ह्युल छोंज धिं गुरूङ राष्ट्रिय परिषद् रूपन्देहीका सचिव दीपक गुरूङले जानकारी दिनुभयो । रूपन्देहीमा करिब ४५ हजार गुरूङहरूको जनसंख्या रहेको परिष्दका जिल्ला अध्यक्ष सुर्जलाल गुरूङले उल्लेख गर्दै गुरूङ समुदायका लिपी निर्माता बालनसिंह गुरूङले तमुहरूको भाषा लिपीलाई राज्यले संरक्षणमा चासो नदेखाएको गुनासो गर्नुभयो ।

प्रत्येक वर्ष १२ वर्षमा युग परिवर्तन हुने र यस्ता परिवर्तन हुने वर्षलाई १२ वटा जीवजन्तुलाई प्रतीकका रुपमा लिइने चलनअनुसार मनाइन लागेको यो पर्वको आफ्नो छुट्टै मौलिक परम्परा रहेको छ । यो पर्वमा मान्यजनहरुको आशिर्वाद लिने र शुभकामना आदानप्रदान गरिने, राम्रो लगाउने, मीठो खाने प्रचलन रहेको छ । तमु ल्होसार बादर वर्गलाई बिदाई र चरा वर्गलाईको आगमनको रूपमा गुरूङ समुदायले पुस १५ गतेका दिन मनाउ“छन् ।