कांग्रेसले राष्ट्रपति, सभामुख, उपराष्ट्रपति र उपसभामुखमा पनि उम्मेद्वारी दिने

1.3K

कांग्रेसले राष्ट्रपति, सभामुख, उपराष्ट्रपति र उपसभामुखमा पनि उम्मेद्वारी दिने

nepali-congress

, काठमाडौं २७ असोज /नेपाली कांग्रेसले राष्ट्रपति लगायत निर्वाचन हुन बाँकी सबै पदहरुमा दाबी गरेको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले सबै पदहरुमा दाबी स्वाभाविक रहने भन्दै अन्य दलहरुसँग छलफल र परामर्श अघि बढाउने निर्णय गरेको हो ।

बैठकपछि कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले भने, ‘प्रधानमन्त्री पदका निमित्त प्रतिस्पर्धामा गैसकेपछि अन्य पदहरुमा पनि प्रतिस्पर्धा स्वाभाविक हुन्छ । यस प्रयोजनका निमित्त प्रधानमन्त्री निर्वाचनमा साथ र सहयोग दिने सबै दल र संसद सदस्यहरुसँग सल्लाह, परामर्श गर्छौं ।’

कांग्रेस बैठकले प्रधानमन्त्री निर्वाचनमा सहयोग गरेका सबैलाई धन्यवाद दिँदै सहकार्यको निमित्त आह्वान समेत गरे ।

प्रधानमन्त्री निर्वाचनमा कांग्रेस सभापति सुशील कोइरालालाई ९८ मतले हराउँदै एमाले अध्यक्ष केपी ओली मुलुकको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भैसकेका छन् । प्रधानमन्त्रीको निर्वाचनमा पराजित कोइराला अब राष्ट्रपति पदको उम्मेदवार बन्ने चर्चा छ ।

राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख चयन गर्न बाँकी छ । सभामुख चयन प्रक्रिया बुधबारबाट सुरु भएको छ । राष्ट्रपति र उपराष्ट्रपति भने कात्तिक दोस्रो हप्तापछि चयन हुनेछन् ।