
श्रीमान्लाई खुकुरी प्रहार गर्दा घाइते भएकी शिला बुढाको लुम्बिनी अंचल अस्पतालमा उपचार हुदै । तस्वीर : रामप्रसाद भण्डारी/लुम्बिनी अनलाईन
ललित पाण्डेय/
सैनामैना, ११ पुस । रुपन्देहीको रुद्रपुरमा श्रीमतीले खुकुरी प्रहार गरि श्रीमान्को हत्या गरिकी छिन् । रुद्रपुर २ पिपरी चापा फायरलाण्ड टोलमा बस्ने २४ वर्षिया शिला बुढाले श्रीमान् २३ वर्षिय श्याम बुढालाई हटौडा र खुकुरी प्रहार गरि आज बिहान हत्या गरेको ईलाका प्रहरी कार्यलय रुद्रपुरले जानकारी दिएको छ ।
राती करिब १ बजे बाटसुरु भएको श्रीमान् र श्रीमतीको झगडामा श्रीमतीले हटौडा र खुकुरीको प्रहार गर्दा श्रीमानको शरिर भरि चोट लागेको स्थानियको भनाई रहेको छ । स्थानियले प्रहरीलाई खबर पछि गम्भिर घाईते भएका श्याम बुढालाई बिहान २.३० बजे उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाईएका उनको उपचारको क्रममा बिहान मृत्यु भएको ईलाका प्रहरी कार्यलय रुद्धपुरका प्रहरी सहायक निरीक्षक राम बिलास यादबले जानकारी दिएका छन् ।
श्रीमती शिलालाई को दुबै हातमा गहिरो चोट लागेको भएकाले प्रहरीको नियन्त्रणमा लुम्बिनी अञ्चल अस्पतालमा उपचार भईरहेको प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान जारी राखेको प्रहरीको भनाई रहेको छ । उनीहरुको यही वर्षको भदौ २ गते प्रेम बिवाह गरेको स्थानियले बताएका छन् ।
श्रीमान्ले कक्षा ११ मा पशुपती मावि सालझण्डीमा अध्ययनरत रहेको र श्रीमतीले सालझण्डीमा बियुटि पार्लर ब्यवसाय गर्ने गरेको स्थानियको भनाई रहेको छ ।