सरकारलाई समर्थन गर्नेहरुको संयन्त्र बनाइने

1.3K

सरकारलाई समर्थन गर्नेहरुको  संयन्त्र बनाइने

Kp-Oli-and-Narayanman

काठमाडौं । सरकारलाई समर्थन गर्ने राजनीतिक दलका शीर्ष नेताहरुको उच्चस्तरीय संयन्त्र बनाइने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेबीच बालकोटमा भएको भेटमा संयन्त्र गठनबारे छलफल भएको थियो । भेटमा एमाले अध्यक्ष समेत रहेका ओलीले छिट्टै शीर्ष नेताहरुको संयन्त्र बनाइने बताएका छन् ।

नेताहरुका अनुसार यस्तो संयन्त्रमा सरकारलाई समर्थन गर्ने दलका शीर्ष नेताहरु रहनेछन् ।

भेटमा नेमकिपाले आफूहरुले राखेको १२ बुँदे सुझाव कार्यान्वयनमा जोड दिएको थियो । जवाफमा ओलीले छिट्टै संयन्त्र गठन गर्ने र त्यसले दिएको निर्देशन अनुसार सरकार अघि बढ्ने बताएको महासचिव सुनिल प्रजाप्रतिले जनकारी दिए ।

नेमकिपाले भारतले अहिले नाकाबन्दी खोले पनि जुन सुकै बेला फेरि अवरोध गर्न सक्ने भन्दै विकल्प खोज्नज र चीनसँगको नाका खोज्नु पर्नेमा समेत जोड दिएको थियो ।