तामाङ घेदुङमा नयां नेतृत्व

369

तामाङ घेदुङमा नयां नेतृत्व

बुटवल, ११ पुस । नेपाल तामाङ घेदुङ जिल्ला समिति, रुपन्देहीको पांचौं जिल्ला अधिवेशन नयां नेतृत्व चयन गरि आज बुटवल फुलबारीमा सम्पन्न भएको छ ।

अधिवेशनले कुमार तामाङको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको हो । अधिवेशनले उपाध्यक्षमा हिरामाया मोक्तान, सचिवमा राजेश लामा, कोषाध्यक्षमा देबान लामा र सदस्यहरुमा लालबहादुर मोक्तान,हरिबहादुर मोक्तान, गंगादेबि तामाङ, रामबहादुर तामाङ, सुरेश लामा, रामबहादुर ब्लोन र सन्तबहादुर तामाङलाई चयन गरिएको छ ।

यसअघि अधिवेशन उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले आदिवासी जनजातिको अधिकार प्राप्तिको लडाई जारी रहेकोमा जोड दिएका थिए । उनीहरुले आदिवासी जनजातिलाई जिस्क्याउंनु भनेको अरिङगाललाई जिस्क्याए सरह हुंने चेतावनी दिएका थिए ।

कार्यक्रममा घेदुङका केन्द्रीय सदस्य बिरमान लामा, नेपाल आदिवासी जनजाति महासंघ,रुपन्देहीका अध्यक्ष दलबहादुर छन्त्याल, आदिवासी जनजाति पत्रकार मञ्च–नेपाल,रुपन्देहीका अध्यक्ष टेकबहादुर मास्कीराना, घेदुङका जिल्ला सल्लाहकार कृष्ण मोक्तान, पूर्व जिल्ला अध्यक्ष बिरबहादुर लामा, घेदुङका भाषा सल्लाहकार प्रेम घिसिङ, महिला घेदुङका पूर्व जिल्ला अध्यक्ष धना लामा, हिरा लामा लगायतले बोल्नु भएको थियो ।

कार्यक्रम घेदुङका अध्यक्ष बिरबहादुर लामाको अध्यक्षता, सचिव देबि लामाको सञ्चालन तथा उपाध्यक्ष कुमार तामाङको स्वागमा सम्पन्न भएको थियो ।