ज्ञानोदयमा शोक सभा

1.3K

ज्ञानोदयमा शोक सभा

बुटवल, ११ पुस । बुटवलमा रहेको ज्ञानोदय रात्री माध्यमिक विद्यालयमा आज शोक सभा भएको छ । विद्यालयका संस्थापक अध्यक्ष तथा समाजसेवी गणेशमान सैजुको आईतबार बिहान निधन भएपछि विद्यालयले शोक सभा गरेको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद पौडेलको अध्यक्षता जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाको प्रमुख आथियत्तमा  शोक सभा भएको थियो । शोक सभामा विद्यालय स्थापना र उहाले समाजमा पु¥याएको योगदानको बारेमा चर्चा भएको विद्यालयका शिक्षक कृष्ण पङ्गेनीले जानकारी दिनु भयो ।

बि.सं. १९९० मा पाल्पाको तानसेनमा जन्मिनु भएका सैंजु रुपन्देहीमा रहेर असक्त तथा असाहायको सेवामा तत्पर हुनुहुन्थ्यो भने जिल्लाको सामाजिक उत्थानकालागि अनवरत रुपमा लाग्नु भएको थियो ।