काठमाडौं ,२७ असोज/सभामुख सुवास नेम्वाङ र उपसभामुख ओनसरी घर्तीले बुधबार पदबाट राजीनामा दिएका छन्। उनीहरुले एक अर्कालाई राजीनामा पत्र बुझाएका हुन्।राजीनामा पछि सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा नेम्वाङले संविधान निर्माणको चुनौति सकियो र अब त्यसको कार्यान्वयनको चुनौति रहेको बताए। उनले प्रधानमन्त्रीको निर्वाचनमा सबै दलहरुले उत्साहजनक सहभागिता जनाएकाले सबैले संविधान स्वीकारेको बताए।