ल्होसारको अवसरमा नृत्य प्रतियोगिता

204

ल्होसारको अवसरमा नृत्य प्रतियोगिता

देवदह, १२ पुस । तमु ह्युला युवा छोज धी देवदह नगर समितिको आयोजनामा खुल्ला नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

२६ सय औ ल्होसार पर्वको अवसरमा उक्त प्रतियोगिता सम्पन्न गरेको आयोजकले जनाएको छ । पर्वत तमु समाज देवदह प्रथम, देवदह मदर ट्रङ्गस एकेडमी द्धितिय, सगरमाथा आवसिय माध्यमिक बिद्यालय तृतिय र देवदह बुद्ध पब्लिक इङ्गलीस बोर्डिङ्ग स्कुल सान्त्वना हुन सफल भएका छन् ।

तमु ह्युला युवा छोज धी देवदह नगर समिति अध्यक्ष मोहन गुरुङ्गको अध्यक्षता, तमु ह्युला छोजधी गुरुङ्ग राष्ट्रिय परिषद अनुगमन समिति सदस्य भिम गुरुङ्गको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनु रजक, मिना बुढाथोकीले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।  कार्यक्रम विश्व गुरुङ्गको स्वागत र विशाल गुरुङ्गको संचालनमा सम्पन्न भएको थियो ।