महरा गृहमन्त्री, पोखरेल सभामुख बन्ने

870

महरा गृहमन्त्री, पोखरेल सभामुख बन्ने

maoकाठमाडौं, असोज,एमाओवादीले महासचिव कृष्णबहादुर महरालाई उपप्रधानमन्त्री तथा गृहमन्त्री र संसदमा पार्टीका मुख्य सचेतक गिरिराजमणि पोख्रेललाई सभामुख बनाउने तयारी गरेको छ।आज ११ बजे बस्ने पार्टीको स्थायी समितिको बैठकले यो निर्णय गर्ने एक नेताले बताए। एमालेले राष्ट्रपति र एमाओवादीले सभामुख राख्ने सहमति दुई पार्टीबीच भइसकेको छ। सुरूमा महरालाई सभामुखका रुपमा पार्टीले पठाउने तयारी गरेको भएपनि उनले उक्त पदका लागि अनिच्छा देखाएर आफूलाई जिम्मेवारी दिए उपप्रधानमन्त्रीका रुपमा गृह मन्त्रालय सम्हाल्ने इच्छा देखाएका थिए। गृहमन्त्रीका लागि बाबुराम भट्टराई समूहका नेता टोप बहादुर रायमाझीले दावी गरेपनि आफूलाई ‘उकालो-ओरालो’मा साथ दिने महरालाई नै गृहमन्त्री बनाउने निष्कर्षमा अध्यक्ष प्रचण्ड पुगेको ती नेताले बताए। पोखरेलले पनि महराले जस्तै पार्टीको सक्रिय राजनीतिमा बस्ने इच्छा देखाएर सभामुख हुन अनिच्छा देखाएको एमाओवादी श्रोतले बतायो। ‘तर कांग्रेस जस्तो बलियो प्रतिपक्ष रहेको बेला सभामुख राम्ररी चलाउन सक्ने व्यक्ति चाहिने भन्दै एमाओवादी नेतृत्वले पोखरेललाई नै पठाउने बलियो सम्भावना छ,’ श्रोतले भन्यो, ‘अर्को मान्छे नै छैन।’