मजदुरको सामाजिक सुरक्षा प्रति राज्यले ध्यान नदिएको गुनासो

649

मजदुरको सामाजिक सुरक्षा प्रति राज्यले ध्यान नदिएको गुनासो

बुटवल,  १३ पुस । असंगठित क्षेत्रका मजदुर वर्गको सामाजिक सुरक्षा प्रति राज्यले ध्यान नदिएको मजदुर नेताहरुले बताएका छन् । श्रमको सम्मान गरेर श्रमिक वर्गलाई सम्मान र सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउने काम राज्यको हो भन्दै उनीहरुले अधिकार प्राप्तिका लागि सवै मजदुर एक हुनुपर्ने वताए ।

नेपाल निर्माण तथा सम्बद्व श्रमिक संघ (काउन) बुटवल ईकाईको बुधवार बुटवल–१२ कालिकानगरमा सम्पन्न चौथौ साधारण सभा तथा तेश्रो अधिवेशनमा बोल्ने मजदुर नेताहरुले श्रमिक गर्गको हकहित र अधिकार सुरक्षित हुनुपर्ने बताए । राष्ट्र निर्माणमा महत्वपुर्ण योगदान पु¥याउंदै आएको मजदुर वर्गको अधिकार राज्य तहबाटै सुरक्षित हुनुपर्ने उनीहरुको भनाई छ ।

काम गरेर खाने वर्गलाई राज्यले अधिकारको प्रत्याभूति दिन नसकेको गुनासो गर्दै उनीहरुले राज्यले कामदार वर्गको सामाजिक सुरक्षाका साथै पेशागत सुरक्षाको ग्यारेण्टी लिनुपर्ने बताए । कार्यक्रममा बोल्दै नेपाल निर्माण तथा सम्वद्व श्रमिक संघका राष्ट्रिय अध्यक्ष जे. वी गुरुङ्गले देश निर्माणमा अहोरात्र खटेर काम गर्ने मजदुर वर्गले भोग्नु परेका समस्याको समाधान राज्यबाट हुनुपर्ने बताउनुभयो । श्रमको सम्मान हुन नसकेकोमा दुःख ब्यक्त गर्दै उहांले श्रमको सम्मानका लागि मजदूर आन्दोलन जरुरी रहेको र यसकालागि पेशालाई मर्यादित र व्यवस्थित गर्नुपर्ने आवश्यक्ता औल्याउनु भयो ।

नेपाल टे«ड युनियन काँगे्रस रुपन्देहीका अध्यक्ष काजीमान श्रेष्ठले कुनैपनि राजनीतिक दल र सरकारले मजदुरका समस्या प्रति ध्यान नदिएको भन्दै समस्या समाधान र अधिकार प्राप्तिका लागि मजदुर एकतामा जोड दिनुभयो ।

काउनका राष्ट्रिय उपाध्यक्ष ओमप्रकाश चौधरीले काम अनुसारको दाम नपाउंदा पनि काममा खटिने मजदुरहरुका समस्या समाधान नहुंदासम्म मुलुकको विकासले गतिलिन नसक्ने बताउनुभयो ।

सो अवसरमा काउन रुपन्देहीका अध्यक्ष सुशिल घिमिरे, जिल्ला सल्लाहाकार बिरबहादुर लामा, नेपाल कारखाना श्रमिक संघका केन्द्रीय उपाध्यक्ष रेस्मिराज गैरे, नेपाल यातायात मजदुर संघका पश्चिमाञ्चल अध्यक्ष कृष्णप्रसाद वेलवासे, व्युटिसियन संघ रुपन्देही अध्यक्ष रेनु कर्माचार्य, नेपाल नाई संघका अध्यक्ष सफातुल्ला रजा, पत्रकार खिमानन्द भट्टराई, नेपाली काँगे्रस बुटवल १२ का सभापति खड्कबहादुर महत, काउन भैरहवाका सचिव चन्द्रिका धवल लगायतले बोल्नुभएको थियो ।

नेपाल निर्माण तथा सम्बद्व श्रमिक संघ (काउन) बुटवल ईकाई अध्यक्ष सूर्यदेव दासको अध्यक्षता, सचिव तिलबहादुर हिस्कीको सञ्चालन र  उपाध्यक्ष विष्णु धौधरीको स्वागतमा सम्पन्न कार्यक्रममा वृद्व निर्माण व्यवसायी मोहनसिंह रानालाई २५ हजार नगदसहित सम्मान पत्रले सम्मान गरिएको थियो ।

सोही अवसरमा संस्थागत विकासमा योगदान पु¥याएका काउनका संस्थापकहरु जे. वी गुरुङ्ग, ओम प्रकाश चौधरी, बमबहादुर राना, रामचन्द्र यादव, पुर्णसिंह राना तथा पत्रकार खिमानन्द भट्टराईलाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको थियो । साधारण सभाले अध्यक्षको वार्षिक प्रतिवेदन, सचिव तिलबहादुर हिस्कीको प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्णलाल भुसालको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
पुनः सूर्यदेव दास
यसैविच बुधवारै सम्पन्न चौथो साधारण सभा तथा तेस्रो अधिवेशनले पुनः सूर्यदेव दासको अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व  सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा आशिष चौधरी, महिला उपाध्यक्षमा भागमनी चौधरी, सचिवमा तिलबहादुर हिस्की र कोषाध्यक्षमा कृष्णलाल भुसाल निर्वाचित हुनुभएको निर्वाचन अधिकृत खिमानन्द भट्टराईले जानकारी दिनुभयो ।

त्यस्तै महिला सदस्यमा वेचु कुमारी चौधरी तथा सदस्यहरुमा दुर्गाप्रसाद आचार्य, भिमबहादुर दर्लामी, राजन श्रेष्ठ, गोविन्दबहादुर राना र रामकुमार थारु चयन हुनुभएको छ ।