राष्ट्रपतीमा नेवाङ र विद्यामा कसले वाजी मार्ला

1.3K

राष्ट्रपतीमा नेवाङ र विद्यामा कसले वाजी मार्ला

sssssssssssकाठमाडौं, असोज ,सत्ता साझेदार प्रमुख दुई दल नेकपा एमाओवादी र एमालेले राष्ट्रपति सत्ताधारी गठबन्धन सँगै राख्ने निर्णय गरेपछि मुलुकको दोस्रो राष्ट्रपति को बन्छ भन्ने चर्चा चल्न सुरु भएको छ। एमालेका एक नेताका अनुसार एमाओवादीले नै राष्ट्रपति एमालेले राख्न प्रस्ताव गरेको थियो। ‘हामीसँग राष्ट्रपतिको उम्मेद्वार पनि छैन र आन्तरिक समीकरण मिलाउन पनि हामीलाई सभामुख र उपराष्ट्रपति भए सहज हुन्छ,’ एमाओवादीलाई उदृत गर्दै ती नेताले भने ‘एमाओवादीले दाबी गरेको भए राष्ट्रपति उसैले पाउथ्यो, हक पनि उसैको लाग्थ्यो।’ आफ्नो पार्टीले सभामुख पाएको भए सुवास नेम्वाङलाई नै फेरि पनि सो पदमा कायम राख्नेमा एमाले उच्च नेतृत्व एकमत थियो। राष्ट्रपति पद एमालेमा आएपछि कसलाई शितल निवास पठाउने भन्नेमा भने शीर्ष नेतृत्व एकमत देखिएको छैन। झलनाथ खनाल आफैं राष्ट्रपति पदको दाबेदार छन्। तर उनी शितल निवास छिर्ने सम्भावना लगभग नरहेकोमा कुरा गरेका सबै एमाले नेता एकमत देखिए। ‘पार्टी भित्र उनको कमजोर उपस्थिति छ, प्रधामन्त्री केपी ओली र माधव नेपाल दुवै उनलाई राष्ट्रपति बनाउने पक्षमा छैनन,’ एक नेताले भने, ‘अहिलेको समयमा दुई पहाडे पुरुष प्रधानमन्त्री र राष्ट्रपति बन्दा राम्रो सन्देश पनि जाँदैन।’अहिले नेम्वाङ र पार्टी उपसभापति विद्या भण्डारी नै राष्ट्रपति पदको बलियो दावेदार हुन्। नेपाल पक्षका केही नेता कार्यकर्ताले लालबाबु पण्डितको नाम लिए पनि राष्ट्रपति पदका लागि उनको ‘स्ट्याचर’ नपुग्नेमा स्वयम् नेपालको पनि विमति नरहेको उनी निकट एक नेताले बताए। नेम्वाङ र भण्डारी दुवै ओली निकट छन्। दुई बीच कसलाई राष्ट्रपति बनाउने भन्ने ओलीको छनौटमा भर पर्नेछ। भण्डारी आफैंले बलियो इच्छा देखाएको अवस्थामा ओलीलाई नाइँ भन्न अप्ठ्यारो पर्ने एमाले नेताहरू बताउँछन्। मदन भण्डारीकी श्रीमती भएकोले पनि धेरै एमाले कार्यकर्ताको सहानुभूति विद्याप्रति छ।राष्ट्रपति को बनाउने भन्ने निर्णय ओली एक्लैले गर्न सक्दैनन्। यो निर्यण पार्टीले लिनु पर्नेहुन्छ। ‘पार्टीमा दुई जनाको नाम आएमा नेपाल पक्षले सुवास नेम्वाङलाई समर्थन गर्ने सम्भावना छ,’ ती नेताले भने, ‘त्यसले ओलीलाई अप्ठ्यारो पार्न सक्छ।’नेम्वाङले दुवै संविधान सभामा सशक्त भूमिका खेलेको र उनी जनजाति भएकोले पनि राष्ट्रपति बनाउनु पर्ने तर्क नेपाल पक्षले गर्नेछ। ‘पहिलो राष्ट्रपति मधेसी भएपछि, दोस्रो राष्ट्रपति जनजाति हुँदा राम्रो देखिन्छ’ उनले भने।  ओलीको मत भने अहिले नै विद्यातिर ढल्केको अनुमान गर्ने एमालेमा धेरै छन्। ‘एमाओवादीले नै एमालेले महिलालाई राष्ट्रपति बनाए आफूहरूले पुरुष उपराष्ट्रपति बनाउन पाउने र त्यसले पार्टी भित्रको आन्तरिक समीकरण मिलाउन सजिलो हुने बताएको छ,’ ओली निकट एक नेताले भने।ती नेताले एमाओवादी अध्यक्ष प्रचण्ड स्वयंले पनि विद्या भण्डारीलाई राष्ट्रपति बनाउन सल्लाह दिएको दाबी गरे। ‘विद्याजीलाई बनाउँदा पहिलो महिला राष्ट्रपति बन्ने भएकोले  राम्रो पनि देखिन्छ,’ प्रचण्डलाई उद्धृत गर्दै उनले भने।  विद्यालाई राष्ट्रपति बनाउने भए ओलीले नेम्वाङलाई पहिलेनै कुरा गरेर मनाउनु पर्नेछ। एमालेमा जनजाति र मधेसीको अनुहार पार्टीको माथिल्लो नेतृत्वमा नदेखिएकोले पनि नेम्वाङलाई भूमिका दिएर पार्टीको काममा लगाउँदा त्यसले एमालेलाई राम्रो गर्ने तर्क ओली निकट नेताहरु गर्छन्। विद्या राष्ट्रपतिमा गए खाली उपाध्यक्ष पदमा नेम्वाङलाई केन्द्रीय समितिले नियुक्त गर्न सक्ने पनि ओली निकट नेताहरुको भनाई छ।   ‘स्थायी समितिमा पनि एउटा पद खालि नै छ, उहाँलाई पार्टीमा स्थापित गर्न सजिलो छ,’ एक नेताले भने।