ट्रकमा बिहीवार निर्वाचन हुँदै

1.3K

ट्रकमा बिहीवार निर्वाचन हुँदै

बुटवल, १३ पुस । पश्चिमाञ्चल यातायत व्यवसायी समितिमा नयाँ नेतृत्व चयनकालागि बिहीवार निर्वाचन हुँदैछ । तीन वर्षे कार्यकालकालागि सबैपदमा दुई प्यानलको उम्मेदवारी परेको छ ।

अध्यक्ष पदमा गणेशप्रसाद पन्थ र टिकाराम गौतमको उम्मेदवारी गरेको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा प्रतावबहादुर कार्की र यमप्रसाद पाण्डे, रुपन्देही सेक्टर उपाध्यक्षमा अर्जुनकुमार भुसाल र भोला खाँण, गुल्मी सेक्टर उपाध्यक्षमा चेतबहादुर थापा र टिकाराम कुवँर, अर्घाखाँची सेक्टर उपाध्यक्षमा गोपालप्रसाद न्यौपाने र लक्ष्मण गैरे, नवलपरासी सेक्टर उपाध्यक्षमा खिमबहादुर थापा र खुमबहादुर बिसी तथा लोकल सेक्टर उपाध्यक्षमा खगराज गौतम र सरोज शर्मा कुईकेलको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै महासचिव पदमा कमल घिमिरे र हरिप्रसाद कंडेलको उम्मेदवारी परेको छ । सचिवमा गुप्तबहादुर केसी र प्रकाश जिसी, कोषाध्यक्षमा जितबहादुर भाट र सिद्धार्थकुमार उदयको उमेद्वारी परेको छ । कार्यसमिति सदस्य पदमा भने १६ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत महेन्द्र पाण्डेले जानकारी दिनुभयो ।