जिपी प्रतिष्ठानले बिभिन्न कार्यक्रम गर्ने

286

जिपी प्रतिष्ठानले बिभिन्न कार्यक्रम गर्ने

बुटवल, १३ पुस । नेपाली काँग्रेसका संस्थापक तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाको स्मृतिमा स्थापित ‘जिपी कोईराला स्मृती प्रतिष्ठान’ले वार्षिक साधारण सभा सहित चरणवद्ध रुपमा कार्यक्रम गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष नन्दराम भण्डारीको अध्यक्षतामा बुधबार बसेको बैठकले यहि पुसको २९ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । त्यस्तै प्रतिष्ठानले यो वर्ष बिभिन्न कार्यक्रम गर्ने निर्णय गरिएको महासचिव काजिमान श्रेष्ठले जानकारी दिनुभयो ।

गिरिजाप्रसाद कोईरालाको स्मृतिमा सर्वदलीय राजनीतिक संवाद कार्यक्रम, युवामा नेतृत्व बिकास तालिम, दलितसंग गिरिजाप्रसाद कोईराला, युवा सशक्तिकरण सम्बन्धि कार्यक्रमहरु सञ्चालन गरिने उहाँले बताउनु भयो ।

बैठकमा प्रतिष्ठानका सचिव परमानन्द भट्टराई, कोषाध्यक्ष रविन्द्र पंगेनी, सल्लाहकार रामबहादुर कार्की, सदस्यहरु खेलराज पाण्डे, चुन्नप्रसाद पौडेल, बिष्णु पोखरेल, अरुण श्रेष्ठ, नारायणी घिमिरे, रवि बिकलगायतले धारणा राख्नुभएको थियो ।