सैनामैनाको बजेट १८ करोड

443

सैनामैनाको बजेट १८ करोड

अनलाईनकर्मी पाण्डेय सम्मानित
ललित पाण्डेय/
सैनामैना, १४ पुस । सैनामैना नगरपालिकाको चौथो नगर परिषद सार्वजनिक आज सैनामैना नगरपालिकाको संयुक्त वडा कार्यालय मुर्गियाको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत नेब बहादुर वलीले आर्थिक वर्ष २०७४/७५को पुजीगत तर्फ ८ करोड ४७ लाख ८३ हजार र चालु तर्फ सामाजिक सुरक्षाभत्ता ७ करोड सहित ९ करोड ५२ लाख ८३ हजार गरि कुल जम्मा १८ करोड २१ हजारको बजेट सार्वजनिक गरेका थिए ।.

आर्थिक वर्ष ०७४/०७५को बार्षिक नीति तथा कार्यक्रम एंव बजेट तर्जुमा गर्दा वडा भेलाबाट  माग भै आएका योजनालाई प्रमुख आधार मानि दीर्घकालिन लक्ष्य, उद्वेश्य, प्राथमिकताका अतिरिक्त मुलुकले अंंगिकार गरेको सहस्राब्दी बिकास लक्ष्य, त्रिबर्षीय योजना, संघीय मामिला तथा स्थानिय बिकास मन्त्रालयको नीति तथा निर्देशन र जिल्ला बिकास समितिको मार्ग निर्देशनलाई आधार बनाएर बजेट तर्जुमा गरेको बताए ।

नगरपालिकाका कार्यकारी अधिकृत वलीले वार्षिक नीति कार्यक्रमहरु प्रस्तुत गर्दै नगरको बृहत्त शहरी विकास गुरुयोजना तय गरि शहरीकरको अबलम्बन गर्दै बालमैत्री स्थानिय शासनको अवधारण अगाडि बढाईएको छ । लक्षित बर्गको बजेटलाई स्वरोजगारमा आधारित आय मुलक कार्यक्रम सञ्चालन गरिने भएको छ ।

कृषि पर्यटन र ब्यापार वातावरणमैत्री समृद्ध नगरको आधार भन्ने मुल नारा लिएको सैनामैना नगरपालिकाको प्रमुख समस्याको रुपमा देखा पर्दै गएको फोहोर मैला ब्यवस्थापनलाई ब्यवस्थित बनाउन सफा घर, टोल  र शहर सैनामैना बासीको एउटै रहर भन्ने नारालाई आत्म साथ गरि विभिन्न समिति र निजी क्षेत्र सग सहकार्य गरिने भएको छ ।

उक्त प्रतिवेदनमा नगरको पहिचान सग जोडिएका पुरातात्विक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक क्षेत्रको संरक्षण र प्रचार प्रसारमा जोड दिएको छ । आधारभुत करका दरहरुलाई न्युन राखि दायरालाई फराकिलो पार्दै स्थानिय कर प्रणालीलाई बैज्ञानीक बनाउने नीति लिएको छ ।

एक नगर एक उत्पादन, एक वडा एक उद्यान र एक वडा एक पोखरीको नीति अबलम्बन गर्ने भएको छ । त्यस्तै कार्यक्रमको अध्यक्ष समेत रहेका अधिकृत वलीले महत्वपुर्ण नीतिहरु प्रस्तुत गर्दै सैनामैना नगरपालिका क्षेत्र भित्र बढ्दै गएको अब्यवस्थित प्लटिङ्ग तथा जग्गा खण्डीकरणले गर्दा कृषि भुमिमा ह्रास हुदा अब्यवस्थित शहिरीकरण बढ्दै गएकोले सो कार्यलाई निरुत्साहित गर्न सबै सरोकारवालाको सहयोगले बैद्यानिक जग्गा विकास प्रर्वद्धकहरुलाई मात्र स्विकृत दिने कार्य कडाईका साथ लागु गरिने बताए ।

स्थानिय विकास अधिकारी युवराज सुवेदीको प्रमुख आथियत्तामा भएको कार्यक्रममा बोल्दै  रुपन्देही जिल्लामा भईरहेको विषेश महत्वका ठुला आयोजनाहरुको लागि आवश्यक पर्ने  नदी जन्य पदार्थले ४० प्रतिशत मात्र ठेग्न सकिने अवस्था रहेको हुदा बांकी ६० प्रतिशत बाहिर बाट आयात गर्दा आयोजनाहरु महङ्गो पर्ने र समयमा सम्पन्न हुन नसक्ने समस्या रहेको बताएका छन् । त्यसको लागि स्थानिय स्तरमा रहेका खोलाहरु लाई आई ई ई परीक्षण गरि नदी जन्य पर्दाथ निकासी गरि विकास निर्माणमा सहजिकरण गर्ने योजना रहेको बताएका छन् ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका जिल्ला सदस्य फणिन्द्र शमार्ल नयां नीति नियमहरु लागु गर्दा केहि विवाद आउने भए पनि भविष्यलाई राम्रो हुने बताएका छन्  । लक्षित वर्गमा छुट्टाएको बजेट प्रभाविक कार्यन्वयन नभएको हुदा रोजगार मुखी कार्यक्रमहरु ल्याउनु पर्ने र त्यसको अनुगमनको लागि ५ प्रतिशत रकम सञ्चार क्षेत्रमा छुट्टाएर नया कामको सुरुवात गरेको नेकपा एमाले जिल्ला सदस्य चित्र बहादुर केसीले बताएका छन् ।

फोहोर मैलाको ब्यवस्थापनको लागि सुरु बाट पहल नगरेमा भविष्यमा गएर बिकराल समस्या निम्ताउने हुदा अहिले बाट नै स्थायी समाधानमा लाग्नु पर्ने नेकपा माओबादी केन्द्रका जिल्ला सदस्य नारायाण न्यौपानेले बताएका छन् । सोहि कार्यक्रमको अवसरमा सञ्चार क्षेत्रबाट  नगरपालिकाको समृद्धीको लागि विभिन्न क्षेत्रमा योगदान पुराएको बापत ५ जना स्थानिय सञ्चारकर्मी साथै नगरपालिका २ जना कर्मचारीलाई सम्मान पत्र र नगद सहित सम्मान गरिएको छ ।

अनलाईनकर्मी पाण्डेय सम्मानित

रेडियो सैनामैनाका समाचार प्रमुख एवं लुम्बिनी अनलाईनका संवाददाता ललित कुमार पाण्डेय सम्मानित भएका छन् ।  सैनामैना नगरपालिकाको क्षेत्र भित्र रहेर पत्रकारिता माध्यमबाट नगरपालिकाका विभिन्न गतिविधिमा संलग्न भई पुरातात्विक, ऐतिहासीक स्थलहरुको पहिचान, संरक्षण र प्रबद्धन, फोहोर मैला ब्यवस्थापनमा सञ्चार क्षेत्र बाट उल्लेखिय योगदान पुराएको भन्दै चौथो नगर परिषद बाट उनलाई सम्मानित गरिएको हो  । सम्मान पत्र तथा नगद सहित सम्मान गरिएको छ ।