
बुटवल, १४ पुस । तमु प्ये ल्हु संघ, बटवल–रुपन्देहीले आज बुटवलमा बृहत शान्ति ¥याली निकालेको छ । गुरुङहरुको महान पर्व ३२२६९ औं तमु ल्होसार पर्वको पावन अवसरमा आज बुटवलमा ¥याली निकालिएको हो ।
¥यालीको एक भव्य कार्यक्रमबीच तमु प्ये ल्हु संघ हङकङ शाखाका उपाध्यक्ष दिलकुमार गुरुङले बुटवलको राजमार्गचौराहमा रिबन काटेर उद्घाटन गर्नुभएको थियो । गुरुङले उद्घाटन गरेपछि पच्यु, क्ब्हेप्री र पञ्चेबाजासहित चौराहबाट शुरु भएको र्याली मिलनचोक, अस्पताललाइन, मिडियाचोक, राममन्दीर, अमरपथ, नेपालगञ्ज रोड, तिनाउ पुल, पाखापानी, जीतगढी, बेलबास, नयां गाउं हुंदैं पियांले भित्तामा पुगेर समापन भएको थियो ।
समापन कार्यक्रममा संघका हङकङ शाखा उपाध्यक्ष दिलकुमार गुरुङ, केन्द्रीय सदस्य क्या.दुतबहादुर गुरुङ, जिल्ला उपाध्यक्ष क्या. खड्कबहादुर गुरुङ, सल्लाहकार रुपबहादुर गुरुङ लगायतले बोल्दैं गुरुङहरु एकता भए जस्तो सुकैं काम गर्न सकिनेमा जोड दिएका थिए । उनीहरुले गुरुङ समुदायमा रहेको संकीणतावादी सोंच त्याग्नुपर्ने पनि बताएका थिए ।
कार्यक्रम संघका नगर अध्यक्ष नन्दलाल गुरुङको अध्यक्षता र सचिव गुमानसिंह गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो । संघले सोही स्थान पिंयाले भित्तमा भोली (पौष १५)ल्होसार मुल समारोह गरेर ल्होसार पर्व मनाउंदैंछन् ।यता तमु छाेंज धीं गुरुङ राष्ट्रिय परिषद्,रुपन्देहीले पनि बुटवलमा शान्ति ¥याली निकालेको छ ।
२६०० औं ल्होसारको अवसरमा परिषद्ले ¥याली निकालेको हो ।