नेपाललाई दिने इन्धनमा फरि कटौती

893

नेपाललाई दिने इन्धनमा फरि कटौती

Indian-Oilकाठमाडौं । पछिल्लो केही दिनमा तेलको लोड बढाएको भारतीय आयल कर्पोरेसन (आईओसी)ले फेरि कटौती गरेको छ । आईओसीले आफ्ना डिपोहरुमा पुगेको १० प्रतिशत नेपाली ट्यांकरमा मात्रै लोड दिएको निम प्रवक्ता दीपक बरालले बताए ।

शनिबार निगमका अधिकारीलाई टेलफोन गरी आइओसीले सामान्य अवस्थाको भन्दा बढी तेल दिने भन्दै ट्यांकर पठाउन भनेको थियो । आइतबार नेपाललाई दिँदै आएको तेलको कोटा बढाएको आईओसीले मंगलबार त्यहाँ पुगेका मध्ये ६० प्रतिशत ट्यांकरमा तेल भरेको थियो ।

तर, बुधबार फेरि एकाएक तेल कटौती गर्न थालेको छ । झण्डै डेढ सय नेपाली ट्यांकर आईओसीको डीपोमा पुगेको थियो । तर, त्यसको १० प्रतिशतलाई मात्र तेल दिने बताएको छ ।

‘आईअसोसीले फेरि धोका दिएको छ’ निगमका एक अधिकारीले अनलाइनखबरसँग भने-‘आइओसीले हिजो ६० प्रतिशतसम्म ट्यांकरलाई लोड दिएको थियो । तर, आज१० प्रतिशतमा झारेको छ ।’

तेल भर्नका लागि बुधबार भारतको सिलगुढी, बरौनी, बैतालपुर, गोन्डा र वनथराको आईओसी डिपोमा ट्यकंर पुगेका थिए । तर, आइओसीले फेरि तेल न्युन परिमाणमा दिन सुरु गरेको छ ।

असोज ५ गते भारतले नेपालमा अघोषित नाकाबन्दी गरेपछि आईओसीले केही दिन पूर्ण रुपमा तेल रोेकेको थियो । तर, चौतर्फी दबावपछि १० प्रतिशत मात्र तेल दिन थालेको आईओसी नेपालमा नयाँ सरकार बने लगतै केही लचिलो रुपमा प्रस्तुत भएको थियो ।

आईओसीले तेल नदिने र निकै कम दिएको बेला पनि भन्सार नाकाहरुमा अवरोध गर्दा नेपालमा झण्डै एक महिनादेखि इन्धनको चरम संकट भएको छ ।इन्धन अभावका कारण सार्वजनिक सवारी निकै कम चलेका छन्, जसले आम सर्वसाधारणले निकै सास्ती खेप्नु परेको छ ।