गौ हत्याको छानविन गर्न माग

256

गौ हत्याको छानविन गर्न माग

बुटवल, १६ पुस । भयागटी मेलीलोड नगरपालिकामा पर्ने धनगढी डडेलधुरा सडक खण्डमा गत मंसिरको अन्तिम हप्तामा गाई मारिएको घटना प्रति राष्ट्रिय हिन्दु युवा मञ्च नेपालले ध्यानाकर्षण भएको जनाएको छ ।

मञ्चले आज बुटवलमा पत्रकार सम्मेलन गरी सरकारी स्तरबाटै छानविन समिति गठन गरि राष्ट्रिय जनावर गौ हत्यामा जो संलग्न भएपनि कारवाहीको दायरामा ल्याउन माग गरेको हो ।

उसले जारी गरेको विज्ञप्तीमा प्रायोजित रुपमा गाई मारिएको हुन सक्ने उल्लेख गर्दै राष्ट्रिय जनावर गाई मार्ने घटनामा पनि सरकार मौन बस्नुको रहस्य के हो भन्ने प्रश्न गरेको गरिएको छ । पत्रकार सम्मेलनमा मञ्चका संयोजक माधव केसीले हिन्दु मात्रै नभएर राष्ट्रियता र नेपालीहरुको भावना माथि प्रहार भएको बताउनु भयो ।

गत मंसिरको अन्तिम हप्ता धनगढी डडेलधुरा सडक खण्डमा ६०/७० वटा गाई मारिएको समाचार आएको थियो ।