मिडिया सोसाईटी नेपाल गठन

1.3K

मिडिया सोसाईटी नेपाल गठन

सैनामैना, १६ पुस । बुटवल बाट पश्चिम तथा कपिलबस्तुबाट पुर्व क्षेत्रमा रहेर विभिन्न सञ्चार माध्यममा काम  गर्ने सञ्चारकर्मीहरुको भेला शहिद नारायण रामापुर क्याम्पसमा सम्पन्न भएको छ ।

उक्त भेला बाट मिडिया सोसाईटी नेपाल रुपन्देही नामक संस्था गठन गरेको छ । क्रियाशिल संचारकर्मीहरुको हक, हित, कर्तब्य, अधिकारको स्पष्ट दिशानिर्देश, प्रत्याभुत र अभ्यास मार्फत समाज र राष्ट्रको बिकास र सम्बृद्धिमा सच्चा सहयोगिको भुमिका खेल्ने उद्येश्यका साथ  संस्था स्थापना गरिएको हो ।

रेडियो मलमलाका स्टेशन म्यानेजर ऋषिराम न्यौपानेको अध्यक्षतामा गठन भएको सोसाईटीमा बुटवल टुडेका सैनामैना संबादाता नबिन घिमिरे वरिष्ठ उपाध्यक्षमा, रेडियो मलमलाकै  विष्णु खत्री उपाध्यक्ष , अखवार डटकम का निर्देशक भुवन जि.सी महासचिबमा चयन भएका छन् ।

त्यस्तै सचिबमा रेडियो सैनामैनाका भिष्म अर्याल, कोषाध्यक्ष सैनामैनाकै अनिता चौधरी, सह–कोषाध्यक्षमा रेडियो मलमलाका सुरेश परियार साथै सदस्यहरुमा  सैनामैना शन्देशका प्रकाशक टिका खरेल र रेडियो टाइम्सका स्टेशन म्यानेजर कृष्ण भण्डारी रहेका छन् ।