नेपालको राजनीति समाधानमुखी भएन : पौडेल

1.3K

नेपालको राजनीति समाधानमुखी भएन : पौडेल

भवानीप्रसाद पाण्डे/
कोपनहेगन (डेनमार्क), १६ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले योग्य जनशक्ती नेपालबाट पलायन भइरहनु चिन्ताको बिषय भएको बताउनु भएको छ ।

नेपाली जनसम्पर्क समिति डेनमार्कले राजधानी कोपनहेगनमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले नेपालको राजनीति समाधान र योजनामुखी नभएकै कारण दक्ष्यजनशक्ती पलायन भइरहेको बताउनु भएको हो । नेपालमा संघीयता बिरोधी मनोबिज्ञान वढि रहेको बताउदै उहाले प्राप्त उलव्धीबाट पछि फर्कने हो भने लोकतन्त्र नै समाप्त हुने बताउनु भयो ।

नेपाली जनसम्पर्क समिती भारतका अध्यक्ष बालकृष्ण पाण्डेले जनसम्र्पक समितिहरुलाई पार्टिले हेर्ने दृष्टिकोण प्रष्ट हुनुपर्ने बताउनु भयो । नेपाल प्रेस युनियन रुपन्देहीका निबर्तमान सभापति भवानीप्रसाद पाण्डेले जनसम्पर्क समितिहरुले नेपाली कांग्रेस मार्फत आफनो ज्ञान, सिप र अनुभवलाई प्रयोग गर्नुपर्ने बताउनु भयो ।

नेपाली जनसम्पर्क समिति डेनमार्कका अध्यक्ष नबराज आचार्य (नबिन) को अध्यक्षतामा भएको कार्यक्रममा निबर्तमान सभापति रामचन्द्र पाठक, पुर्ब सभापति यमलाल सुबेदी, उपाध्यक्ष तारणीप्रसाद जोशी, एनआरएनए डेनमार्कका अध्यक्ष दिपेन्द्र चुडाल, एनआरएन अन्तराष्ट्रिय समन्वय परिषदका केन्द्रीय सदस्य सोम सापकोटा, जनसम्पर्क समितिका सल्लाहकार सैलेन्द्र अधिकारी, गोबिन्द पौडेल, बिरेन्द्र सिंह कार्की, महासमिति सदस्य बुद्धि सापकोटा, हेम अर्याल, रमेश घिमिरे लगाएतले बोल्दै नेपाली कांग्रेसलाई नितिमुखी बनाउनु पर्नेमा जोड दिनुभएको थियो ।