सत्तरी बर्षिया बृद्धा एक बर्षदेखि पशुको खोरमा

सत्तरी बर्षिया बृद्धा एक बर्षदेखि पशुको खोरमा

birda  (2)बिक्रम खड्का÷
बुटवल, आसोज । उमेरले सत्तरी काटिसकेको छ । आखांको दृष्टि पनि करिव करिव हराएको छ । मानसिक सन्तुलन पनि खलवलिएको छ । यस्तो अवस्थाको एक जना बृद्धालाई अव के गर्नु पर्ला ? हामी सबैले कल्पना गर्न सक्छौ कि उनलाई औषधी उपचार गर्ने ,घरमा राम्रो संग हेरचाह गरेर राख्ने तथा मिठो मसिनो खान दिने । तर तपाई हाम्रो कल्पना भन्दा ठिक विपरित विपरित पशु चौपाय राख्ने खोरमा एक बर्ष देखि बृद्धाले समय व्यतितगरेको भेटिएको छ ।
cन्यूनतम मानवियता समेतको खिल्ली उठाउर्दै बृद्धा सुमित्रा भण्डारीलाई आफ्नै छोरी ज्वाईले खोरमा थुनेर राखेका छन् । रुपन्देहीको सैनामैना नगरपालीका ३ जनज्योती निमावि नजिकै उनलाई बाख्राको खोरमा धुनिएको छ । र खानपान पनि पशुकै सरह दिने गरिएको छ । आफ्नो भएको जाय जेथा सहित २०४० सालदेखि छोरी सेती र ज्वाइ झरसिंह कुवरको आश्रयमा रहेकी ति बृद्धाले नरकिय अवस्थ भोग्नु परेको छ ।
दुबै आखाले नदेख्ने तथा मानसिक समस्या पनि भएकाले धुनेर खोरमा राखेको छोरी ज्वाइृले गर्वका साथ बताउने गरेका छन् । स्थायी घर वाग्लुङ भए पनि बृद्धाको नागरिकता समेत भेटिएको छैन । जसका कारणले उनले राज्ले दिने बृद्धा भत्ता पनि नपाएको स्थानियले बताएका छन् । लामो समयदेखि चिसो खोरमा बसेका कारण अहिले उनको स्वाथ्य अवस्था नाजुक बनेको छ ।आफ्नै नाममा ५ कठ्ठा एैलानी जग्गा भए पनि छोरी ज्वाइले उपचार समेत गराएका छैन । बृद्धालाइ खोरमा थुनेर राखेको जानकारी स्थानिय प्रशासन तथा गैरसरकार संघ संस्थाहरुलाई गरेपनि कसैले वास्ता गरेका छैन् ।
छोरी ज्वाईको छेउमै घर भएर पनि बृद्धा आमालाइृ भने खोरमै धुनेर राखेको थाहा पाएपछि आफुले सम्झाएर पढाएको सैनामैना नगरपालिकका कार्यकारी प्रमुख रोमनाथ न्यौपानेले बताए । उनले बृद्धाको नागरिकता पाएमा बृद्धा भत्ता दिन सक्ने भन्दै आफन्तबाटै अपहेलित बृद्धाको अवस्था कारुणीक रहेको बताए । यस्तै रुपन्देहि नेत्रहिन सघंका अध्यÔ बालकृष्ण्ाँ मरासीनीले आफन्ते नै बृद्धालाई सास्ती दिएको बताए ।
राष्ट«िय अपाङग महासघंका Ôेत्रीय अध्यÔ देवी बहादुर पोखरेलले बृद्धालाइ छिटो उद्धारका लागि पहल गरीरहेको प्रतिक्रिया दिएका छन् । रुपन्देही जिल्लामा सुविधा सम्पन्न बृद्धा आश्रम समेत भएकाले आफन्तले हेरचाह नगरेमा आश्रममै लगेर राख्नु पर्ने सुझाव छिमेकीले लिए पनि छोरी ज्वाइृले अस्विकार गर्दै आएका छन्.। बृद्धाको जग्गा छोरी ज्वाइृले आफ्नो नाममा गरेपछि उनको हेरचाहमा वेवास्ता गर्न थालेको भन्दै स्थानिय युवा गणेश अधिकारीले बृद्धाको अवस्था कारणिक रहेको भन्दै उनलालाई सहयोग र उद्धारका लागि पहल गर्न अपिल गरे ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •