संसद बैठक भोलि बस्ने

242

संसद बैठक भोलि बस्ने

काठमाडौं, १८ पुस । विपक्षीको अवरोधका कारण चार बजे बस्ने भनिएको संसद बैठक सुचना टांसेर स्थगित भएको छ । आज १ बजेका लागि बोलाइएको बैठकमा एमालेसहितका विपक्षी दलहरुले अवरोध गरे ।

सभामुख ओनसरी घर्ती मगरले ३ घन्टाका लागि बैठक स्थगित गरेर शीर्ष नेताहरुसहित कार्यव्यवस्थाको बैठक बोलाएपनि कार्यव्यवस्थामा शीर्ष नेताहरु आएनन् । बैठकमा शीर्ष नेताहरुसहितको बैठक भोलि विहान ११ बजे र संसद १ बजेका लागि राख्ने सहमति भएको छ ।

संसद सचिवालयले संसद बैठक भोलिसम्मका लागि स्थगित भएको सूचना टाँस्ेको छ ।