रात्री बसमा हतियार सहितका प्रहरी परिचालन

1.3K

रात्री बसमा हतियार सहितका प्रहरी परिचालन

logoबुटवल, असोज । चोरी तथा अपराध नियन्त्रणकालागि रुपन्देहीमा प्रहरीले रात्री बसमा हतियार सहितका प्रहरी परिचालन गरेको छ ।
दशैं तिहार छड लगायतका पर्वहरु नजिकिंदै गर्दा सर्बासाधारण नागरिकलाई शान्ति सुव्यबस्था र भय मुक्त वातावरण निर्माणकालागि रात्री बसमा हतियार सहितका प्रहरी परिचालन गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक महेन्द्र खड्काले बताउनु भयो ।
ईलाका प्रहरी कार्यालय बुटवलको कार्यक्षेत्रमा पर्ने पूर्व देवदह नगरपालिकाको खैरेनी र पश्चिममा सालझण्डी गाबिस सम्मको हाईवेमा सञ्चालन हुने रात्री बसमा हतियार सहितका प्रहरी परिचालन गरिएको हो ।
दशैं सुरु भएलगत्तै पहिलेको भन्दा दोब्बर प्रहरी परिचालन गरि रात्रीकालिन समयलाई नै मध्येनजर गरेर प्रहरी हाईवे गस्ती समेत बढाएको छ । दिउँसोको समयमा सुन पसल, बैंक तथा बित्तिय संस्था र आर्थिक कारोवार हुने क्षेत्रहरुमा सिभिलमा प्रहरी परिचालन गर्नुका साथै सम्भावित अपराधिक क्षेत्रहरुमा साईकल गस्ती, एम्बुसिङ लगायतका काम शुरु गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै सिसिटिभि मोनिटरिङ्ग तथा परिचालित प्रहरीलाई व्यापक रुपमा मोनिटरिङ् गर्नुका साथै शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका काम समेत गरिने प्रहरी नायव उपरिक्षक खड्काले बताउनु भयो ।
दशैं लगत्तै बुटवल सुनसान बन्दै जाने र मौका छोपेर बुटवल तथा आसपासका क्षेत्रमा चोरी तथा अपराधका घटनाहरु हुने गर्दछन । चोरी तथा अपराधिक कृयाकलापमा संलग्न व्यक्तिलाई कानुन अनुसारकारको कारवाही गनरिने प्रनाउ खड्काले बताउनु भयो ।