शेयर सदस्यलाई उद्यमशिलता तालिम प्रदान गर्ने

1.3K

शेयर सदस्यलाई उद्यमशिलता तालिम प्रदान गर्ने

बुटवल, १९ पुस । आवश्यक बचत तथा ऋण सहकारी संस्थाले सहकारीमा आवद्ध शेयर सदस्यलाई उद्यमशिल तालिम दिने प्रस्ताव पास गरेको छ ।

संस्थाको चौंथो बार्षिक साधारण सभामा संस्थामा आवद्ध सदस्यलाई उद्यमशिलता बिकास गराउन र आर्थिक बिकासको आधार निर्माण गर्नकालागि सस्थाले स्थापना गरेको उद्यमशिल कोषबाट तालिम प्रदान गन प्रस्ताव गरिएको थियो । साधारण सभाले शेयर सदस्यलाई सोलार प्लान्ट जडान गर्नकालागि १२ प्रतिशत व्याजदरमा ५० हजार रुपैंयाँ सम्म ऋण प्रदान गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै साधारयण सभाले नियमित बचत तर्फ शेयर सदस्यलाई १० प्रतिशत व्याज प्रदान गर्ने, शेयर सदस्यलाई ऋण प्रदान गर्दा जमानी वा धितोमा १२ प्रतिशत र मोटरसाईकल लगानी तर्फ १४ प्रतिशत व्याज लिन अख्तियारी प्रदान गरेको सचिव सुमन श्रेष्ठले बताउनु भयो । संस्थाले प्रदान गर्दै आएको २ लाख रुपैंयाको दुर्घटना बिमामा ५० हजार रपैंया थप गर्ने पनि निर्णय गरेको छ ।

संस्थाका अध्यक्ष नुरुद्धिन शाहको अध्यक्षतामा भएको साधारण सभामा जिल्ला वचत सहकारी संघका उपाध्यक्ष बसन्त ढकाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।