क्रान्तिकारी माओवादीको बैठक बुटवलमा

387

क्रान्तिकारी माओवादीको बैठक बुटवलमा

बुटवल, १९ पुस । नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी)मध्य–पश्चिम कमाण्डको विस्तारित बैठक भोली बुटवलमा बस्ने भएको छ ।

पार्टी केन्द्रीय समिति बैठकले घोषणा गरेको तीन महिने अभियान सफल पार्ने र देशभरको कार्यक्रममा एकरुपता ल्याउंने उदेश्यले मध्य–पश्चिम कमाण्ड बैठक बस्न लागेको पार्टीले जनाएको छ । बैठकको आवश्यक सम्पूर्ण तयारी पुरा भएको पार्टी केन्द्रीय सचिवालय सदस्य प्रेमनाथ सुवेदीले जानकारी दिनुभयो ।

बैठकमा अबध, तमुवान, पूर्वि र पश्चिम मगरांत गरि चार राज्य समितिका केन्द्रीय सदस्यहरु सहभागी हुंने र नेताहरु आज सांझसम्म बुटवल आइसक्नुभएको छ । बैठक पार्टीको अवध राज्य समितिको कार्यालय बुटवलमा बस्ने नेता सुवेदीले बताउंनुभयो ।

मध्य–पश्चिम कमाण्डको बैठक पश्यात पुस २१ गते अबध, २२ गते पश्चिम मगरात, २३ गते पूर्वि मगरांत र २५ गते तमुवान राज्य समितिको बैठक बस्ने नेता सुवेदीले जानकारी दिनुभयो । उक्त विस्तारित बैठकलाई सम्बोधन गर्न पार्टी केन्द्रीय कार्यालयका सदस्य एवं देशभक्त जनगणतान्त्रिक मोर्चा–नेपालका केन्द्रीय सचिव परि थापा बुटवल आउंनु हुंने पार्टीले जनाएको छ ।