जेसीजमा पदहस्तान्तरण

831

जेसीजमा पदहस्तान्तरण

बुटवल, १९ पुस । बुटवल महिला जेसीजमा नव निर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ । वर्ष २०१६ की अध्यक्ष मञ्जु भुसालले वर्ष २०१७ की अध्यक्ष रूपा पाण्डेलाई जेसीजको माला प्रदान गरेर नवगठीत कार्यसमितिलाई जिम्मेवारी प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल जेसीजका पूर्व अध्यक्ष दिपक शाक्यले जेसीज अभियानमा महिलाको सहभागिताले समाज रुपान्तरणको बाटोमा अँगाडी बढेको बताउनु भयो ।

कार्यक्रममा पूर्व अध्यक्ष रीजन श्रेष्ठ, नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष श्रीधर बस्याल, नेपाल जेसीजका पूर्व अध्यक्ष जगतबहादुर पोखरेल, जुनियर जेसीजका अध्यक्ष निशान भुसाल, बुटवल जेसीजका अध्यक्ष तथा नेपाल जेसीजका उपाध्यक्ष जेसी राजु पौडेल, निर्वाचन आयुक्त राजुदेवी खनाल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन राधिका पोखरेल र जानकी नेपालले गर्नुभएको थियो ।