बाबुरामको पार्टीमा देवेन्द्र पाैडेल, नवराज सुवेदी, रामचन्द्र झा, खगराज भट्ट, देवी खडका, कृष्ण शर्मा, महेन्द्र पासवान, कुमार पोडेल, खिमलाल देवकोटालगायतका नेताहरुलाई विभिन्न जिम्मेवारीमा दिने योजना भट्टराईले बनाएका छन् । यसैगगरी, मधेशमा बाबुरामका खम्बा मानिने प्रभु शाह, रामरिझन यादव पनि बाबुरामको पार्टीमा रहनेछन् । उनकी पत्नी हिसिला यमी, लिला भण्डारी, देवेन्द्र पराजुली कल्पना धमला, देवराज रेग्मी, हेमराज भण्डारीजस्ता बाबुरामका स्थायी कोटेरीका नेताहरु बाबुरामको नयाँ शक्तिको बलियो आधार बन्ने बताइएको छ ।
गत मंगलबार मात्रै भट्टरार्ईले काठमाडौंको एक बैङक्वेटमा आफू निकट कार्यकर्ताहरुसँग गोप्य भेला गरेका थिए । भेलाले अबको एक महिनापछि नयाँ पार्टी घोषणा गर्ने विषयमा छलफल गरेको छ । यस्ता भेला तथा बैठकहरुमा नेता तथा बैठकहरुमा कार्यकर्ताहरुले भट्टरार्ईलाई नयाँ पार्टी गठन छिटो गर्न दवाव दिन थालेका छन् ।
त्यसो त, अब गठन हुने नयाँ पार्टी माओवादी नभएर माक्र्सवादी दर्शनमा आधारित हुने भट्टरार्ईले यसअघि नै बताइसकेका छन् । भट्टरार्ईको यस्तो भनाइकै कारण पनि माओवादी पार्टी मात्रै नभएर माओवादी इतरका युवाहरुलाई पनि समेट्ने भट्टरार्ईको योजना रहेको बताइएको छ ।
‘उहाँले धेरै जसो युवाहरुलाई नै भेट्दै आउनुभएको छ । एमाओवादीमै रहेका पनि बृद्ध उमेरका नेतालाई भन्दा युवालाई आकर्षित गर्ने उहाँको तयारी छ’ भट्टरार्ई निकट एक नेताले भने, ‘तर माओवादी फुट्यो भन्ने सन्देश नफैलियोस् भन्नेमा उहाँ सचेत हुनुहुन्छ । सकेसम्म नयाँ पार्टी गठन गर्ने भन्ने नै उहाँको उद्धेश्य हो ।’
नयाँ पार्टी गठनको लागि कम्तिमा एक महिनाको समयसीमा तय गरिएको भए पनि आवश्यक परे त्यस्तो समयलाई ६ महिनासम्म बढाउनुपर्ने भट्टराइले निकटस्थहरुसँग बताउने गरेका छन् ।
यसबाहेक, डा. भट्टराईले राजनीतिभन्दा बाहिर विभिन्न क्षेत्रका लोकप्रिय व्यक्तित्वहरुसँग पनि छलफल जारी राखेका छन् । रामेश्वर खनाल रवीन्द्र मिश्र, विजयकुमार, अनिल शाहलगायत व्यक्तिहरुसँग चरणवद्ध रुपमा छलफल चलाउँदै आएका छन् ।
स्रोतका अनुसार, ति व्यक्तिहरुले भट्टराईको पार्टीमा सक्रिय रुपमा नबस्ने तर बाहिरबाट सहयोग गर्ने प्रतिबद्धता दिएका छन् । विभिन्न एकेडेमिक क्षेत्र तथा कुटनीतिक क्षेत्रमा नियुक्तिको लागि भट्टराईले तिनै व्यक्तिहरुलाई प्रयोग गर्नसक्ने गरी छलफल चलाएको बुझिएको छ । यसअघि त कतिपयले बाबुराम आफू पार्टीको सल्लाहकार बस्ने र जनतामाझ लोकप्रिय छवि बनाएका निवर्तमान मुख्य सचिव लिलामणि पौडेलको नेतृत्वमा पार्टी बनाउने चर्चा थियो ।
तर, यो तत्कालका लागि अगाडि बढाउन भट्टराईले नसकेको बताइन्छ । भट्टराईले नया“ पार्टी माक्र्सवादीभन्दा पनि डेमोक्र्याटिङ विशेषताको बनाउने बताइएको छ । यसअघि उनले एमाओवादी परित्याग गरेको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा पनि यसको छनक दिएका थिए ।