मेलास्थलमा दुग्धपान प्रतियोगिता

1.3K

मेलास्थलमा दुग्धपान प्रतियोगिता

बुटवल, २० पुस । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवलमा जारी औद्योगिक व्यापार मेलामा आज पनि बिभिन्न कार्यक्रम र प्रतियोगिहरु सम्पन्न भएको छ ।

मेलास्थलमा आज दुग्धपान प्रतियोगिता भएको छ । करिव १ सय जनाको सहभागिता रहेको प्रतियोगितामा बुटवल १७ सेमलारका गोबिन्द पाण्डे प्रथम, बिक्रम क्षेत्री द्धितिय र प्रबिण कुवर तृतिय भएका छन ।

संघका कार्यसमिति सदस्य तथा कृषि समितिका संयोजक बसन्त ढकालको सभापतित्व र सदस्य भेषराज गैरेको सञ्चालनमा भएको प्रतियोगिताका बिजयीहरुलाई संघका अध्यक्ष महेशमान सिंह, निवर्तमान अध्यक्ष सुरेन्द्र श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष खिम बहादुर हमाल र सचिव कमल पौडेलले पुरस्कार बितरण गर्नु भएको थियो ।

प्रथमलाई फुलका बिरुवा सहित ३ वटा गमला, घर सजावटका लागि एरिकाइण्डोर्र पाम, १ किलोग्राम कुराउनी र ४ किलोग्राम फलफुल, द्धितियलाई ३ वटा बिरुवा सहित गमला, इण्डोरपाम, आधा किलोग्राम कुराउनी र ३ किलोग्राम फलफुल तथा तृतियलाईबिरुवा सहित ३ वटा गमला, आधा किलोग्राम पनिर र २ किलोग्राम फलफुल पुरस्कार स्वरुप प्रदान गरीएको थियो ।

मेलामा आज पनि कृषि वालि प्रतियोगिता, माछा मार्ने बल्छी प्रतियोगिता, लोक दोहोरी गीत प्रतियोगिता र भ्वाइस अफ बुटवलका प्रतिष्पर्धा भएका छन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान काठमाण्डौ समन्वय समिति क र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्विनी अञ्चल समन्वय समिति बीच आज भएको दोहोरी गीत प्रतियोगितामा लुम्विनी बिजयी भएको छ ।