राममणीमा नेविसंघको कक्षा समिति गठन

1.3K

राममणीमा नेविसंघको कक्षा समिति गठन

बुटवल, २१ पुस । नेपाल बिद्यार्थी संघ राममणी क्याम्पस इकाईले कक्षागत रुपमा नेविसंघ उपइकाई समिति गठन गरेको छ । नेविसंघ राममणी क्याम्पसका सभापति चिरञ्जिवी बस्यालको सक्रियतामा बिबिएस प्रथम बर्षको अंग्रेजी माध्यम तर्फ सेक्सन ए र नेपाली माध्यम तर्फको सेक्सन बि मा नेबिसंघको इकाई बिस्तार गरिएको हो ।

अंग्रेजी माध्यमको बिबिएस प्रथम बर्षको सेक्सन ए मा मनोहर गुरुङ्को सभापतित्वमा कक्षागत इकाई गठन गरिएको हो । ४१ सदस्यीय समितिको उपसभापतिमा रीया राना, सचिवमा अविशेक छन्तेल, सहसचिवमा रीतु ज्ञवाली, कोषाध्यक्षमा विश्वास बस्नेत रहेका छन् ।

त्यस्तै बिबिएस प्रथम बर्षको नेपाली माध्यम तर्फ सेक्सन बि मा अशोक भुसालको अध्यक्षतामा ३९ सदस्यीय समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा प्रतिक्षा भण्डारी, सचिवमा सागर भण्डारी, सहसचिवमा नविन तिवारी र कोषाध्यक्षमा सागर न्यौपाने रहेका छन् ।

कक्षा समिति गठन कार्यक्रममा इकाई समितिका सभापति बस्याल, उपसभापति सचिन घिमिरे, सिमोन थापा, सदस्यहरु कमल पराजुली, दीपा क्षेत्री, प्रविण लामिछाने, सीवा क्षेत्री लगायतले भनाई राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिव लोकनाथ खनालले गर्नुभएको थियो ।