टेरिया फाईनलमा

299

टेरिया फाईनलमा

बुटवल, २१ पुस । डिआईडी लिटिल मास्टर २०१४ की विजेता रुपन्देही रुद्रपुरकी टेरिया फौजामगरले कलर्स टेलिभिजनबाट प्रशारण हुने डान्स रियालीटि शो ‘झलक दिखलाजा’को फाईनलमा प्रतिस्प्रधा गर्ने भएकी छन् ।

व्रिटिश बोर्डकास्टिङ् कर्पाेरेशनले संचालन गरेको यो भारतकै प्रतिष्ठित प्रतियोगितामा टेरियाले फाईनलमा प्रतिस्प्रधा गर्ने भएकी हुन् । भारतीय टिभी च्यानल कलर्सबाट हरेक शनिबार राती सवा १० बजे प्रशारण हुँदै आएको कार्यक्रम झलक दिखलाजामा झलक दिखलाजाकै पुर्व विजेता सलमान युसुफ खान र वल्र्ड हिपहप च्याम्पियनसिपका विजेता शान्तनु माहेश्वीसँग प्रतिस्प्रर्धा गर्ने छन् ।

फाईनल प्रतिस्प्रर्धाको विजेताले नगद भारतीय ३० लाख र एउटा कार प्राप्त गर्ने बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

टेरिया मगर फाउण्डेशन नेपाल रुपन्देहीको अयोजनामा भएको पत्रकार सम्मेलनमा फाउण्डेशनका अध्यक्ष तथा टेरियाका हजुरबुवा कृष्णबहादुर फौँजा मगरले टेरियालाई फाईनलमा जिताउनका लागि एसएमएस र अनलाईन भोटिङ् गर्न सकिने बताउनुभयो । टेरिया नेपाली चेलिमात्र नभएर फाउण्डेशनले सामाजिक कार्यमा पनि काम गरेको उल्लेख गर्दै अध्यक्ष फौजामगरले टेरियालाई जिताउनका लागि भोटिङ् गरेर सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

जनवरी २१ मा हुने ‘झलक दिखलाजा’को फाईनलनकालागि सोही दिनसम् मभोटिङ् गर्न मिल्ने उहाँले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा बागेश्वरी संगितालयका प्रिन्सिपल सुरेश सेन्चुरीले सवैले भोटिङ् गरेर टेरियालाई जिताउन आह्वान गर्नुभयो ।