पत्रकारितामा अवसरवादीहरु भित्रिए : काउन्सिल अध्यक्ष

1.3K

पत्रकारितामा अवसरवादीहरु भित्रिए : काउन्सिल अध्यक्ष

बुटवल, २२ पुस । प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्ण बहादुर कार्कीले असल पत्रकारिता गर्नेहरु बहिरिएर अवसरवादीहरु भित्रिएको बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघ रुपन्देहीले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा काउन्सिलका अध्यक्ष कार्कीले पत्रकारिता स्वच्छ, उत्तरदायी र जिम्मेवार बन्नु पर्नेमा जोड दिनुभयो । उहांले सम्पुर्ण पत्रकारलाई आचार संहिता भित्र रहेर पत्रकारिता गर्न आग्रह गर्नुभयो ।

काउन्सिलका सदस्य किशोर श्रेष्ठले पत्रकारिता गरेर बाच्ने आधार कमजोर बन्दै गएको बताउनुभयो ।

काउन्सिलका अर्का सदस्य एवं महासंघ केन्द्रीय उपाध्यक्ष खिल बहादुर भण्डारीले पत्रकार महासंघलाई मर्यादित बनाउन र सबैको महासंघ बनाउन लागि परेको जानकारी दिनुभयो ।

महासंघ रुपन्देही अध्यक्ष शेर बहादुर केसीको अध्यक्षता र उपाध्यक्ष यानेनद्र जिसीको संचालनमा भएको कार्यक्रममा पुर्व अध्यक्षहरु बालकृष्ण चापागाई, डि.आर घिमिरे, सल्लाहकारहरु रामराज पोख्रेल, दिपक ज्ञवाली लगायतले महासंघ सबै विचार राख्ने पत्रकारहरुको साझा संस्था बनाउनु पर्नेमा जोड दिनु भएको थियो ।