योजना आयोग छाड्ने तयारीमा उपाध्यक्ष

योजना आयोग छाड्ने तयारीमा उपाध्यक्ष

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोखरेलसहित कांग्रेसनिकट चार पदाधिकारीले सामुहिक राजीनामा तयारी गरेका छन् ।

Dr-Govinda-Pokhrelपोखरेलले शुक्रबार प्रधानन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामाको जानकारी गराउने स्रोतले बतायो ।

कांग्रेसको कोटामा नियुक्त आयोगका उपाध्यक्ष पोखरेल तथा सदस्यहरु स्वणिर्म वाग्ले, भारतेन्दु मिश्र र यज्ञबहादुर कार्कीले सरकार परिवर्तनपछि राजीनामा गर्न लागेका हुन् । बाँकी चार सदस्यहरुले भने राजीनामा गर्ने छैनन् ।

उपाध्यक्ष पोखरेलले बिहीबार नै प्रधानमन्त्रीलाई भेट्ने प्रयास गरे पनि प्रधानमन्त्रीको कार्यव्यस्तताले सम्भव भएन ।  पोखरेलले प्रधानमन्त्रीसित शुक्रबार भेटपछि राजीनामाको निर्णय लिने बताए ।

उपाध्यक्ष पोखरलेलाई सुशील कोइराला नेतृत्वको सरकारले भूकम्पपछिको पुनर्निमाण प्राधिकरणको सीइओसमेत नियुक्त गरेको थियो । यद्यपि प्राधिकरणको विधेयक संसदबाट पारित नभएपछि उक्त पद स्वतः खारेज भएको छ ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •