माइती चेली भेटघाट

1.3K

माइती चेली भेटघाट

बुटवल, २३ पुस । संबैधानिक रुपमा पहिचानसहित अधिकार स्थापित गर्नका लागि गुरुङहरु एकता हुंनुपर्नेमा आदिवासी जनजाति अगुवाहरुले जोड दिएका छन् । एकता भए कसैले हल्लाउंन नसक्ने पनि उनीहरुले बताएका छन् ।

गुल्मी गैदुङगे योज तमु भाई समाज, बुटवल–रुपन्देहीले आज ल्होसारको अवसरमा बुटवलको रामनगरमा राखेको माइती चेली भेटघाट कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरामा जोड दिएका हुंन् । तमुको धर्म, भाषा, संस्कृति जोगाउंनका लागि अब आदिवासी जनजातिहरु चुप लागेर बस्ने नहुंने धारणा पनि उनीहरुले व्वक्त गरेका छन् ।

कार्यक्रममा आदिवासी जनजाति पत्रकार मञ्च, नेपालका अध्यक्ष टेकबहादुर मास्कीराना, तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्, रुपन्देहीका उपाध्यक्ष टेकबहादुर गुरुङ, समाजका सचिव राजु गुरुङ, सहसचिव सुवेदार भुपालसिंह गुरुङ, सदस्य केशव गुरुङ, कोषाध्यक्ष धनसिंह गुरुङ,सदस्य प्रेम गुरुङ लगायतले बोल्नु भएको थियो ।

समाजका अध्यक्ष ओमबहादुर गुरुङको अध्यक्षता, सदस्य चेतबहादुर गुरुङको सञ्चालनमा भएको थियो । शास्त्र हराए संस्कृति हराउंछ, संस्कृति हराए परम्परा हराउंछ, परम्परा हराए अस्तित्व (मान्छे)हराउंछ भन्ने उदेश्यका साथ समाजको स्थापना ०६४ सालमा भएको हो ।