जनउत्थानले २१ हजार सेयर सदस्य पु¥याउने

1.3K

जनउत्थानले २१ हजार सेयर सदस्य पु¥याउने

३१ सयबाट ७१ करोड

बुटवल, २३ पुस । जनउत्थान वचत तथा ऋण सहकारी संस्था लि. कोटीहवा रुपन्देहीले सेयर सदस्य २१ हजार पु¥याउने लक्ष्य लिएको छ ।
हाल ८ हजार ४ सय १३ जना सेयर सदस्य रहेको सहकारीले २०७८ सम्म २१ हजार सेयर सदस्य पु¥याउने योजना बनाएको छ ।

सहकारीमा हाल २०५९ कात्तिक १५ गते ३१ जनाबाट जनही सय रुपैया उठाएर सुरु गरिएको संस्थामा ७१ करोड ८७ हजार पुंजी रहेको छ । सहकारीले विभिन्न क्षेत्रबाट उत्कृष्टताको पुरस्कार प्राप्त गदै आएको छ । संस्थाका व्यवस्थापक रनबहादुर थापा यस वर्ष देशभरकै सहकारीबाट उत्कृष्ट व्यवस्थापकको रुपमा सम्मानित हुनु भएको हो ।

एघारौं जनउत्थान महोत्सव २०७३ को अवसरमा आज कोटीहवामा आयोजित कार्यक्रममा सेयर सदस्य वृद्वि गर्ने जाने जानकारी गराइएको थियो । गरिबी उन्मुलनको लागि विभिन्न सीपमुलक कार्यक्रम संचालन गरिने बताइएको छ । संस्थाले आफ्ना सेयर सदस्यलाई विभिन्न अस्पतालसंगको समन्वयमा १० देखि २५ प्रतिशत सम्मको उपचार छुट समेत दिदै आएको छ । संस्थाले मोबाइल एप्समार्फत बैंकिङ लगायतका अत्याधुनिक सुविधा दिदै आएको छ ।

संस्थाले महोत्सवको अवसरमा रचनात्मक कार्यक्रम गरेको छ । संस्थाले बभनी भु.पु. प्रा.वि.लाई ५० हजार विद्यालय अक्षयकोष र ज्ञानज्योति बाल क्लब सुपौलीलाई २० हजार युवा विकास अक्षयकोष निर्माणको लागि प्रदान गरेको छ ।

त्यस्तै उच्च मावी र स्नातक पढ्ने ६ जना विद्यार्थीलाई जनही पाँच हजार जनउत्थान गरिब तथा जेहन्दार छात्रवृत्ती प्रदान गरिएको थियो । पांच जना चर्पी नभएका शेयर सदस्यहरुलाई चर्पी निर्माणको लागि ३/३ हजार आर्थिक अनुदान पनि वितरण गरिएको थियो । त्यस्तै ८ जना बाख्रा पालक कृषकहरुलाई थप प्रोत्साहनको लागि ५/५ हजार रुपैया २ वर्षको लागि निब्र्याज ऋण उपलब्ध गराइएको थियो ।

कार्यक्रममा उत्कृष्ट मालिक, असल बचतकर्ताहरु (खुत्रुके तथा उज्जल सहित), असल ऋणी, सफल व्यवसायी, उत्कृष्ठ कर्मचारी, धेरै शेयर सदस्य बनाउने असल शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सहकारी हाजिरी जवाफ प्रतियोगिता पनि संचालन गरिएको थियो । उक्त प्रतियोगितामा ११ वटा जनउत्थान समूहबाट सहभागी भएका थिए ।

प्रतियोगितामा जहदा जनउत्थान समूह तिलोत्तमा १० भलवारी प्रथम, तीनधुरा जनउत्थान समूह तिलोत्तमा १८ तीनधुरा द्वितीय र समावेशी जनउत्थान समूह तिलोत्तमा ९ समावेशीटोल तृतीय भएका थिए । प्रतियोगितामा विजता समूहहरुलाई पांच हजार (प्रथम), तीन हजार (द्वितीय) र दुई हजार (तृतीय) नगद पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा निःशुल्क चिट्ठा उपहारमा ५ वटा साइकल राखिएको थियो । जुन उपहारहरु शुशिला केवट (तिलोत्तमा १८ तीनधुरा), पार्वती गौतम (तिलोत्तमा २० कोटिहावा), शितीका नेपाल (तिलोत्तमा १७ बभनी), शोभा कुमारी भुषाल (पश्चिम अमुवा ४ अमुवा), दिपा गाहा (तिलोत्तमा ९ भलवारी) भाग्यशाली बन्नु भएको छ ।

त्यस्तै हरेक दिनको विहान ९ बजे कारोबार शुरु गर्ने आजको पहिलो मालिकहरु मध्ये महेन्द्र बानिया तिलोत्तमा २२ पिप्रैया, विष्णु थापा तिलोत्तमा २२ अम्रहावा, पुष्पामाया गुरुङ तिलोत्तमा २० कोटिहावा, जगरानी चौधरी तिलोत्तमा २३ बरौलिया, चन्द्रबहादुर चौधरी तिलोत्तमा १७ बभनी, मधु बानिया पड्सरी ८ कटैया गरी ६ जनालाई चिट्ठा उपहार प्रदान गरिएको थियो ।

त्यस्तै जनउत्थान साकोसमा रेमिटयान्स कारोबार गर्ने थुप्रै सदस्यहरु मध्ये पवित्रा पुन पुर्जा तिलोत्तमा १८ टिकुलीगढ, सुजाता पुन तिलोत्तमा १८ सुपौली, मायादेवी पुन तिलोत्तमा १८ सुपौली, सुष्मा नेपाली तिलोत्तमा १७ बभनी, चित्रा गुरुङ चिल्हीया ६ पिपलडाँडा, बविता गुरुङ चिल्हीया ६ पिपलडाँडा, शोभा बस्याल तिलोत्तमा २० कोटिहावा, चुनमाया पुन तिलोत्तमा १८ टिकुलीगढ, सरस्वती भण्डारी तिलोत्तमा १८ टिकुलीगढ, पवित्रा थापा तिलोत्तमा २० विहुली, जानकी भट्टराई गौतम, तिलोत्तमा २० कोटिहावा, रामचन्द्र बानिया तिलोत्तमा २१ पर्सहावा गरी १२ जनालाई निशुल्क चिट्ठा कुपन वितरण गरिएको थियो ।

त्यस्तै तिलोत्तमा ब्यापार मेलाको समुदघाटन ¥यालीमा निःशुल्क चिट्ठा कुपन वितरण गरेका सहभागीहरु मध्ये गंगाबहादुर गुरुङ शान्तिनगर तिलोत्तमा १३ शान्तिनगर, शुशिला सिग्देल तिलोत्तमा ९ भलवारी, ज्ञानीसरा न्यौपाने अधिकारी तिलोत्तमा १७ मडाहा, रीता चौधरी तिलोत्तमा २४ जमुहानी, सावित्री राना तिलोत्तमा १० सेमरा, सल्मा खातुन भरौलिया, अनिता यादव पड्री २ केउटलियालाई राइसकुक्कर उपहार परेको थियो ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख मोहन पौडेलले सहकारीले विविध क्षेत्रमा अनुकरणीय कार्यक्रम गरेको प्रशंसा व्यक्त गर्नुभयो । उहांले विविध सामाजिक कृयाकलापहरु जेष्ठ शेयर सदस्य सम्मान, चर्पी निर्माणमा आर्थिक सहयोग अनुदान, गरिब तथा जेहन्दार छात्रवृत्ती, युवा विकास तथा विद्यालय अक्षय कोष निर्माण, साइकल दौड प्रतियोगिता, बाख्रा पालकलाई निब्र्याज ऋण सहयोग कार्यक्रम लगायत सदस्यहरुलाई सहकारी शिक्षा दिने कार्यमा पनि सहकारी हाजिरी जवाफ जस्तो श्रृजनात्मक सहकारी शिक्षा कार्यक्रम सन्चालन गरेकोमा आफु अत्यन्तै प्रभावित भएको धारणा राख्नुभयो ।

त्यस्तै डिभिजन सहकारी कार्यालय प्रमुख नेत्रप्रसाद घिमिरे यस सहकारीले तल्लो स्तरका सदस्यहरुलाई समेटेर दिएको सेवा, गतिविधि तथा कार्यक्रमहरु सबै सहकारीहरुको लागि अनुकरणीय भएको उल्लेख गर्नुभयो ।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेप्mस्कून) को संचालक सदस्य कृष्ण प्रसाद नेपालले सहकारीको प्रगति र विविधि श्रृजनात्मक कृयाकलापले नै राष्ट्रिय स्तरको प्रोब्यासन ब्राण्ड प्राप्त गर्न सफल भएकोमा आगामी दिनमा अझै अन्तराष्ट्रिय ब्राण्ड लिन प्रयत्न गर्न आग्रह गनुृभयो ।

संस्थाको अध्यक्ष मेखराज पुनले संस्थाले यस वर्ष पनि पुनः प्रोब्यासनको सफल ब्राण्ड प्राप्त गर्न सफल भएकोले यस कार्यमा सहयोग गर्नु सबैमा आभार व्यक्त गदै संस्थाले अझै गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

संस्थाका अध्यक्ष पुनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गिरी प्रसाद पुनको स्वागत संस्थाका र जनउत्थान सिस्टर्स क्लबका सदस्य सरु राना, लक्ष्मी भुषाल र व्यवस्थापक रनबहादुर थापाले कार्यक्रम संचालन गर्नु भएको थियो । कार्यक्रममा विविध मनोरन्जनात्मक साँस्कृतिक कार्यक्रमहरु पनि गरिएको थियो । कार्यक्रममा व्यवस्थापक रन बहादुर थापालाई देशभरकै सहकारीबाट उत्कृष्ट बनेकोमा सम्मान गरिएको थियो ।

त्यस्तै कार्यक्रममा खुत्रुके बचत गर्ने बच्चा, युवा, महिलाहरुको लागि विविध खेलहरु पनि खेलाइएको थियो भने विजेताहरुलाई आकर्षक पुरस्कारहरुको पनि व्यवस्था गरिएको थियो । कार्यक्रममा उपस्थित शेयर सदस्य तथा बाल खुत्रुके बचतकर्ताहरु गरी ९२५७ जनाले निशुल्क चिट्ठाको कुपन लिएर उपस्थिति जनाएका थिए ।