
बुटवल, २४ पुस । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले आफनो वार्षिक साधारण सभालाई लक्षित गरि विभिन्न कार्यक्रम संचालन गदैं आएको छ ।
संघले आगामी फागुनमा साधारण सभा सम्पन्न गर्न व्यवसायीहरुलाई आफनो फर्म नविकरण गर्न र सोही समयमा प्रकाशन गर्न लागिएको डाईरेक्ट्रीका लागि व्यवसायीलाई वायोडाटा तथा फोटो उपलब्ध गराउन अनुरोध गरेको छ । पर्यटन व्यवसायसंग जोडिएको होटल व्यवसायलाई मर्यादित बनाउन संघले आन्तरिक अनुगमनलाई तिब्रता दिएको छ भन्दै संघका अध्यक्ष समुन्द्र जिसीले व्यवसायीहरुलाई संघले तयार गरेको मूल्य सूची र आगन्तु ईन्टृी बुक्स वितरण गरिएको समेत जानकारी गराउनु भयो ।
अनुगमनलाई प्रभावकारी बनाउन संघले छुट्टै उपसमिति गठन गरि परिचालन गरेको छ । चौविसै घण्टा सेवा प्रदान गर्ने होटल तथा रेष्टुरेण्ट व्यवसाय भएकोले व्यवसायीले संघद्धारा जारी व्यवसायीक आचार संहितालाई पूर्ण रुपमा पालना गरि पेशाको पहिचान र गरिमालाई उचो राख्न पनि अध्यक्ष जिसीले आग्रह गर्नु भएको छ ।
संघमा आवद्व रुपन्देहीका ठूला, मझौला र साना गरी १ हजार २ सय होटल तथा रेष्टुरेण्ट व्यवसाय संचालनमा रहेको महा सचिव बाबुराम गौतमले जानकारी गराउनु भयो ।