
काठमाडौ, असोज २८/ शेष घले गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा दोस्रो पटक निर्वाचित भएका छन्। बिहीबार काठमाडौमा भएको निर्वाचनमा टेकबहादुर (टीबी) कार्कीलाई ६०१ मतले पराजित गर्दै घले दोस्रो कार्यकालका लागि पनि निर्वाचित भएका हुन्।घलेले ८६७ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कार्कीले २६६ मत पाएका थिए। यसअघि अध्यक्षका उम्मेदवरी दिएका रतन झाले घलेलाई सघाउँने भन्दै उमेदवारी फिर्ता लिएपछि घलेको विजय सुनिश्चित भएको हो। विहिबारको निर्वाचनले आगामी दुई बर्षका लागि घलेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। लमजुङको घनपोखरा गाविसमा जन्मिएका घले अष्ट्रेलियका ९९ औं धनी व्यक्तिमा पर्छन्। घलेले ८ अर्ब लगानीमा नेपालमा पाँच तारे होटल निर्माणको वृहत आयोजना समेत अघि बढाईसकेका छन्।