तामाङ घेदुङद्वारा सल्लाहकार चयन

852

तामाङ घेदुङद्वारा सल्लाहकार चयन

बुटवल, २४ पुस । नेपाल तामाङ घेदुङ जिल्ला समिति, रुपन्देहीले पत्रकार टेकबहादुर मास्कीरानालाई प्रेस सल्लाहकारको संयोजक तथा पत्रकार विश्वास ढकाललाई सल्लाहकार चयन गरेको छ ।

घेदुङको बुटवलमा बसेको जिल्ला समितिको बैठकले द्धय पत्रकारलाई सल्लाहकार चयन गरिएको हो । बैठकले घेदुङको सल्लाहकारमा बिरमान लामा, बिरबहादुर गोङबा, नर्बु लामा, बिरबहादुर घिसिङ, गजबसिंह मोक्तान, धना लामा, प्रेमकुमार घिसिङ, कुलध्वज लामा, सन्तबहादुर लामा, शंकर मोक्तान, रामबहादर ब्लोनलाई सल्लाहकार चयन गरिएको छ भने कृष्ण मोक्तानलाई कानूनी सल्लाहकार चयन गरिएको छ ।

समितिका अध्यक्ष कुमार तामाङको अध्यक्षता, केन्द्रीय सदस्य बिरमान लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकले माघ १५ गते २८५३ औं सोनाम ल्होसार भव्य रुपमा मनाउंने निर्णय गरिएको सो समितिले जनाएको छ । ल्होसारको बारेमा थप निर्णय गर्न माघ ३ गते बैठक बस्ने अध्यक्ष लामा जानकारी दिनुभयो ।