बुटवल, २५ पुस । केयर नेपालले आज मर्यादपुर गाविसको मजगावामा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । मर्यादपुर गाविस सचिव विकाउ हरिजनको अध्यक्षता तथा रायपुर कृर्षि विकास केन्द्रका प्रमुख ललन मिश्रको प्रमुख आतिथ्यतामा भएको अभिमुखीकरण कार्यक्रममा केयर नेपालका व्यवस्थापक हरि घिमिरे, केशव ढकाल, सिद्धार्थ सामुदायिक समाजका कमला बस्नेत, रेडियो जागरणका शसि परियार लगायतले सहजीकरण गर्नुभएको थियो ।
त्यस्तै एकला गाविस बनरहवामा रहेका २४ घर परिवारलाई परेवाको खोर वितरण गरिएको छ । आत्मनिर्भर परियोजना अन्तरगत सफल उद्यमी अभिप्रेरणा अभियान अन्तरगत खोर वितरण गरिएको सहकर्मी शसि परियारले जानकारी दिनुभयो ।