ओनसरी र अनुराधाको सभामूखका लागि उमेद्वारी दर्ता

369

ओनसरी  र अनुराधाको सभामूखका लागि उमेद्वारी दर्ता

onsari

काठमाडौं/एमाओवादीका तर्फबाट ओनसरी घर्तिमगरले सभामुखका लागि उम्मेद्वारी दर्ता गराएकी छन्। याँ बानेश्वरस्थित संसद भवनमा आफ्नो उम्मेद्वारी दर्ता गराएकी हुन्। उनको प्रस्तावक एमालेकी विद्या भण्डारी छन्। यस्तै समर्थकमा कुन्ती शाही र विवश्वेन्द्र पासवान छन्। उपसभामुकोलाई राप्रपा नेपालका तर्फबाट उम्मेद्वार भएका गंगाप्रसाद यादवको प्रस्तावकमा एमालेका सत्रुघन महतो र समर्थकमा एमाओवादीकी रेखा शर्मा छन्। सभामुख र उपसभामुखको निर्वाचन आजै हुँदै छ

यस्तैनेपाल मजदुर किसान पार्टीको सभासद अनुराधा थापा मगरले सभामूखका लागि उमेद्वारी दर्ता गराएकी छन्। यही पार्टीका डिल्ली प्रसाद काफ्लेले उमसभामुखमा उमेद्वारी दिएका छन्। थापाले संविधान सभाको उपसभामुखमा पनि उमेद्वारी दिएकी थिइन्।प्रधानमन्त्री निर्वाचनमा भने नेमकिपाले एमाले उमेद्वार ओलीलाई सघाएको थियो। अहिले यहि गठनबन्धनद्वारा अघि सारिएका उमेद्वारहरु विरुद्ध नेमकिपाले उमेद्वारी दिएको हो।सत्तारुढ गठबन्धनले एमाओवादी नेता ओन्सरी घर्ती मगरलाई सभामुख र राप्रपा नेपालका गंगा यादवलाई उपसभामुखको उमेद्वार बनाएको छ।