बुटवल, २७ पुस । बुटवल उपमहानगरपालिका वडा नं १४ ढबाहमा सम्पन्न भएको धनुषवाण प्रतियोगितामा सगरमाथा तारा समिति, करौजिया, रुपन्देही प्रथम भएको छ ।
करौजियाले १०४ अंक प्राप्त गरि प्रथम भएको हो । प्रतियोगितामा देवदह खैरेनीले ९४ अंक ल्याई द्धितीय र थकाली तारा समिति,बुटवलले ८७ अंक ल्याई तृतीय भएको छ । प्रतियोगितामा राम भण्डारी उत्कृष्ट खेलाडी र दुलेन्द्र राना बेष्ट खोले भएको छन् । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय भएकालाई क्रमशः२० हजार, १२ हजार र ८ हजार प्राप्त गरेका छन् ।
प्रतियोगितामा प्रथम पुरस्कार थमबहादुर छन्त्याल ,द्धितीय पुरस्कार नेपाल छन्त्याल महिला संघ, जिल्ला समिति,रुपन्देहीले र तेस्रो पुरस्कारको प्रायोजन जय झिङराजा छन्त्याले गर्नुभएको हो ।
छन्त्याल समुदायको राष्ट्रिय पर्व म्हिलाङे सोङती (माघे संक्रान्ति) छारम्हेङको पावन अवसरमा नेपाल छन्त्याल संघ जिल्ला समिति,रुपन्देहीले प्रतियोगिताको आयोजना गरेको हो । कार्यक्रममा विजयी भएका टिमलाई प्रमुख अतिथि दलबहादुर छन्त्यालले नगद पुरस्कारसहित ट्रफि वितरण गर्नुभएको थियो ।
समितिका अध्यक्ष भरत छन्त्यालको अध्यक्षता, सचिव नन् छनत्यालको सञ्चालन तथा तारा खेल संयोजक सुवेदार गंगाबहादुर छन्त्यालको स्वागतमा भएको समापन कार्यक्रममा जनजाति महासंघ,रुपन्देहीका अध्यक्ष दलबहादुर छन्त्याल,पूर्व केन्द्रीय सदस्य दुर्गाबहादुर छनत्याल,जिल्ला सदस्य जय झिङराजा छन्त्याल लगायतले बोल्नुभएको थियो । छारम्हेङको मुल कार्यक्रम माघ १ गते हुंने समितिले जनाएको छ ।