
बुटवल, २८ पुस । नेपाल आदिवासी जनजाति महासंघ संघीय सचिवालयका उपाध्यक्ष गोविन्द छन्त्यालले संबिधानमा भएका सबै प्रकारका विभेदकारी नीति हटाउंनका लागि संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ ।
संविधान आदिवासी जनजाति मैत्री नभएकाले विभेदकारी नीति हताउन संशोधन आवश्यक रहेकोमा उहांले जोड दिनुभयो । नेपाल कुमाल समाज सुधार समिति केन्द्रीय समितिले कुमाल समुदायका राष्ट्रिय पर्व कुमाल माघे संक्रान्ति विशेष कार्यक्रमलाई देवदहको शित्तलनगरमा आज सम्बोधन गदैं छन्त्यालले सो बिचार व्यक्त गर्नुभएको हो ।
उहांले पहिचानसहित अधिकार प्राप्तिका लागि अब आदिवासी जनजातिले एकीकृत आन्दोलन ल्याउंन बताउंनुभयो । जनजाति फुटाउ र राज गर भन्ने दलहरुको सपना चकनाचुर पार्न महासंघ र पद्यमरत्न तुलाधर नेतृत्वको राष्ट्रिय आन्दोलन एकैठाउं आएको छन्त्यालले बताउंनुभयो । ५ नं प्रदेश टुक्राएर ४ नं प्रदेशमा राख्नु मगर र थारुको कलष्टर मिलाउंन खोजेकोले सकारात्मक भएको बताउंदैं संविधान संशोधनको विरोधमा आन्दोलन गर्नु जनजाति विरोधी भएको उहांले आरोप लगाउंनुभयो ।
आदिवासी जनजातिका अधिकार कटौति हुंने गरि बालानन्द पौडेल नेतृत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदन स्वीकार नगर्ने उहांले चेतावनीदिनुभयो ।
कार्यक्रममा नेपाल कुमाल समाज सुधार समितिका महासचिव खिमबहादुर कुमाल, नेपाल आदिवासी जनजाति महासंघ,रुपन्देहीका अध्यक्ष दलबहादुर छन्त्याल,आदिवासी जनजाति पत्रकार मञ्च–नेपालका अध्यक्ष टेकबहादुर मास्कीराना, एमालेका विद्यालक्ष्मी गुरुङ, कांग्रेसका गुनाखर भुर्तेल, समिति, नवपरासीका सचिव दिर्गबहादुर कुमाल, जीवलाल पराजुली लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम केन्द्रीय समितिका उपाध्यक्ष दशरथ कुमालको अध्यक्षता, सचिव शिव कुमालको सञ्चालन तथा केन्द्रीय सदस्य मदन कुमालको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।