संगठनहरुबीच सहकार्य गरे अघि बढ्ने निर्णय

1.3K

संगठनहरुबीच सहकार्य गरे अघि बढ्ने निर्णय

बुटवल, २९ पुस । नेपाल पत्रकार महासंघ रुपन्देहीको आगामी फागुन ३ गतेका लागि तय भएको शाखा अधिवेशनको निर्वाचनबारे रुपन्देहीमा क्रियाशील पत्रकार सम्बद्व संगठनहरुको सर्वपक्षीय वैठक बसेको छ ।

महासंघको निर्वाचनको विषयलाई लिएर आज बुटवलमा बसेको उक्त सर्वपक्षीय वैठकले पत्रकार महासंघ श्रमजीवि पत्रकारहरुको सांझा संस्था भएकाले त्यसै अनुरुप व्यवस्थित गर्न संगठनहरुबीच सहकार्य गरे अघि बढ्ने निर्णय भएको छ ।

पे्रस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष अमृत गिरी, पे्रस युनियन रुपन्देहीका सभापति विक्रम खड्का, प्रगतिशील पत्रकार संघ, नेपाल रुपन्देहीका अध्यक्ष श्याम पोखरेल, पे्रस सेन्टर नेपाल, रुपन्देहीका अध्यक्ष भुवन कार्की, क्रान्तिकारी पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष टेकबहादुर मास्की राना, पे्रस सोसाईटी नेपाल, रुपन्देहीका भरत पाण्डे लगायतले  बैठकपछि विज्ञपती जारी गरी बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्नुभएको छ ।

संयुक्त रुपमा हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तीमा महासंघको निर्वाचनको विषयमा आवश्यक्ता अनुरुप बैठक र छलफललाई अगाडी बढाउने उल्लेख गरिएको छ ।