नयाँशक्तिद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

453

नयाँशक्तिद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

भैरहवा, २९ पुस । नयाँशक्ति पार्टी नेपाल रुपन्देहीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने शासकीय स्वरुप र पूर्ण समानुपातिक प्रतिनिधित्व लगायतको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । पार्टीको केन्द्रीय कार्यक्रम अनुरुप रुपन्देही लगायत देशका ७५ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाइएको हो ।

पछिल्लो समय देशमा भएको राजनैतिक अस्थीरताका कारण जनतालाई प्रत्यक्ष रुपमा पर्न गएको असरले सिंगो मूलुकलाई नै असर पर्ने भन्दै पार्टिले आज दिउसो देशभरबाट ज्ञापनपत्र बुझाएको नयाँशक्ति पार्टी नेपालका केन्द्रीय सदस्य यज्ञ पोख्रेलले बताए । देशमा नयाँ संविधान निर्माण भएपछि संक्रमण कालको अन्त्य भई राजनीतिक स्थायीत्व र विकास निर्माणले गति लिने आम नेपाली जनताहरुको अपेक्षामा तुसारापात भएको भन्दै पार्टिले यसप्रति सचेत हुन सरकारलाई आग्रह गर्दै ज्ञापनपत्र पेस गरेको पार्टीका रुपन्देही जिल्ला संयोजक देवेन्द्र पाण्डेले बताए ।

जिल्ला संयोजक पाण्डे द्वारा हस्ताक्षरित ज्ञापनपत्रमा वर्तमान शासकीय स्वरुप परिवर्तन गरी जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद रहने व्यवस्था गरिनुपर्ने, संविधान सभावाट बनेको राज्य पुनःसंरचना आयोगले पेश गरेको पहिचानका पाँच र सामथ्र्यका चार आधारका आधारमा राज्य पुनःसंरचनाको प्रस्ताव संविधान संसोधन मार्फत कार्यान्वयन गर्नुपर्ने, देशमा स्थानीय, प्रादेशिक र केन्द्रीय चुनाव एकै दिन, एउटै समयमा हुनेगरी निर्वाचनको मिति घोषणा गर्नुपर्ने, भूकम्प पछिको पुनःनिर्माणको कार्यलाई छिटो भन्दा छिटो तिब्रता दिनुपर्ने लगायतका राष्ट्रय मागहरु राखिएको छ ।

साथै ज्ञापनपत्रमा जिल्लाका केही स्थानीय मागहरु समेत समावेश गरिएको छ । जसमा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माणका क्रममा अधिग्रहणमा परेका जग्गाहरुको यथासिघ्र उचित मुआव्जा वितरण गरी समयमै निर्माण कार्य सम्पन्न गरिनुपर्ने, निर्माणाधीन वेलहिया वुटवल ६ लेन सडकलाई तोकीएको समयमै निर्माण सम्पन्न गर्नुपर्ने, कृषकहरुलाई आवस्यक मात्रामा मल, खाद र बिउ तथा कृषिजन्य सामाग्रीहरु उपलब्ध गराउनुपर्ने, पछिल्लो समय जिल्लाको शान्ति शुरक्षामा केही कमी देखिएकोले शान्ति शुरक्षामा विशेष ध्यान केन्द्रीत गरी जनताको जिउधनको सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने लगायतका विभिन्न मागहरु समावेस गरिएको थियो ।

जिल्ला संयोजक देबेन्द्र पाण्डेको संयोजकत्वमा केन्द्रीय सदस्य यज्ञ पोखरेल, रुपन्देहीका संगठन विभाग प्रमुख निर्दोष अली, महिला नेत्रृहरु धनेश्वरी चौधरी, पुनम लिगल तथा विद्यार्थी नेताहरु भुवन पौडेल, यादव प्रसाद आचार्य लगायतको सहभागितामा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश गरिएको थियो ।