
बुटवल, २९ पुस । बिकास तथा प्रकोप व्यबस्थापन केन्द्र (सिडिएम) नेपालले रुपन्देहीको मर्चवार क्षेत्रमा सितलहर प्रभावित सय परिवारलाई कम्बल बितरण गरेको छ ।
संस्थाको कार्यक्षेत्रमा पर्ने मर्चवारको वेदकुईयाँ, रोहिणीहवा, भगवानपुर, मसिना र तेनुहवा गाउँ बिकास समितिका शितलहर प्रभावित एकल महिला, बृद्धबृद्धा र सुत्केरी महिलालाई कम्वल वितरण गरिएको सिडिएम नेपालका कार्यकारी प्रमुख धर्मराज घिमिरेले बताउनु भयो ।

सिडिएम नेपालले आज मर्चवारको वेदकुईयाँमा आयोजना गरेको कार्यक्रममा सामुदायिक प्रकोप व्यबस्थापन समितिका केन्द्रीय अध्यक्ष जगन्नाथप्रसाद कुर्मी, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिनोदप्रकास सिंह, रुपन्देही जिल्ला प्रहरी प्रमुख एसपी रबिन्द्र धानुक, सशस्त्र प्रहरी क्याम्प मर्चवारका प्रमुख डम्बर श्रेष्ठ, ईलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख उदयसिंह सिंजापती, सहयोगी संस्थाका शंकर पौडेल, सीखा राई, सिडिएम नेपालका अध्यक्ष चम्पक भट्टराई लगायतले कम्बल वितरण गर्दै शितलहर प्रभावितलाई कम्बल वितरण गरेर संस्थाले राम्रो काम गरेको उल्लेख गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन कृष्ण तिवारीले गर्नुभएको थियो भने कार्यक्रमको बारेमा सिडिएम नेपालका कार्यकारी प्रमुख धर्मराज घिमिरेले जानकारी गराउनु भएको थियो ।