सभामुखमा ओनसरी सर्वसम्मतले निर्वाचित

613

सभामुखमा ओनसरी सर्वसम्मतले निर्वाचित

onsaraiकाठमाडौं, असोज  – व्यवस्थापिका संसदको सभामुखमा एकीकृत नेकपा माओवादीकी ओनसरी घर्ती सर्वसम्मतले निर्वाचित हुनुभएको छ । घर्ती नेपालकै पहिलो महिला सभामुख बन्नुभएको छ ।

नेपाल मजदुर किसान पार्टीका तर्फबाट सभामुखमा उम्मेदवारी दिनुभएकी अनुराधा थापामगरको उम्मेदवारी फिर्ता लिएपछि घर्ती सर्वसम्मतले चुनिनुभएको हो ।

यस्तै उपसभामुखमा राप्रपा नेपालका गंगाप्रसाद यादव निर्विरोध निर्वाचित हुनुहुनेभएको छ । उपसभामुखमा गरिएको नेमकिपाका डिल्लीप्रसाद काफ्लेको उम्मेदवारी एउटै दलले सभामुख र उपसभामुखमा उम्मेदवारी दर्ता गराउन नमिल्ने भएकाले फिर्ता गरिएकोले यादव निर्विरोध निर्वाचित हुने निश्चित भएको हो ।