
जनार्दन घिमिरे/
गुल्मी, १ माघ । माघे सक्रान्ती पर्व, देशभर स्नान, दान लगायत विभिन्न धार्मिक कार्य गरी मनाईंएको छ । माघे सक्रान्ती देखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यस पर्वलाई मकर संक्रान्ती पनि भनिन्छ ।
सक्रान्तीको दिन घिउ, चाकु, तरुल, तिलको लड्डु, फुलौरा, खिचडी लगायतका परिकार खाने गरिन्छ । थारु समुदायले यस पर्वलाई नया“ वर्È प्रारम्भ भएको दिनका रुपमा मनाउने गर्छन् । ज्योतिÈीय दृष्टिकोणमा सूर्यले धनु राशीबाट मकर राशीमा सङक्रमण गरेको दिन भएकाले यस दिनको नाम मकर सक्रान्ती रहन गएको हो ।
सूर्यको उदयविन्दु दक्षिण तर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरु हुन्छ भन्ने मान्यता छ । उत्तरायणको अवधिमा तुलनात्मक रुपमा दिन लामा हुने र तापक्रममा वृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने गर्दछ । माघे सक्रान्तिका दिन विशेÈ गरी वनतरुल, सखरखण्ड, खुदो, चिउरा, घिउ, चाकु, खिचडी र विभिन्न परिकारहरु तयार पारेर खाने गरिन्छ ।
यस दिनमा पवित्र जलाशयमा गई स्नान गरि तिलको होम र दान गर्नाले वा खानाले अथवा प्रयोग गर्नाले त्यो व्यक्ति कहिल्यै असफल हु“दैन भन्ने धार्मिक विश्वास पनि छ । नदीका दोभानमा गई शुद्ध भई सिधा दान गर्नाले पुण्य प्राप्त भई रोगव्याधिबाट मुक्त भइने जनविश्वास पनि छ । माघे सक्रान्तीको दिन जंगलमा बस्ने बाघले समेत नुहाउंछ भन्ने विश्वास छ । आजैका दिन घरकी बहिनी र छोरीलाई विशेष दान दिने चलन समेत रहेको छ । शरीरमा तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिल युक्त जल दिनु, तिल हवन गर्नु, तिल दानगर्नु र तिल खानु गरी जम्मा ६ प्रकारले तिलको प्रयोग उत्तम रहेको विज्ञको भनाई छ ।
यस्तै विगत वर्षहरु जस्तै यस पटक पनि गुल्मीको धार्मिक क्षेत्र रिडीमा माघे संक्रान्ती मेला शुरु भएको छ । माघे संक्रान्तीको पहिलो दिन शनिवार दिनभर रिडीको कालीगण्डकी नदिमा श्रद्धालुहरुको घुँईचो लागेको थियो । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगम स्थल रिडी क्षेत्रको कालीगण्डकी नदीमा माघे संक्रान्तीको दिन स्नान गर्नका लागि स्वदेश एवं छिमेकी देश भारतवाट समेत श्रद्धालुहरु आउने गर्दछन् ।
बिषेशगरि जेठी, माईली र कान्छी संक्रान्ती गरी तीन दिनसम्म संचालन हुने माघे संक्रान्ती मेलामा विगत वर्षहरु जस्तै यस पटक पनि दिनभर कालीगण्डकी नदिमा स्नान गर्न आउने श्रद्धालुहरुको घुर्इंचो लागेको थियो । रुरु क्षेत्र अन्तर्गत रिडी स्थित कालीगण्डकी नदिमा स्नान गरेपछि श्रद्धालुहरु कालीगण्डकी नदि नजिकै रहेको ऋषिकेष भगवानको मन्दिरमा पुगि पुजाआजा गर्ने प्रचलन रहेको छ ।
माघे संक्रान्तिको अवसरमा गुल्मी लगायत पाल्पा, स्याङ्जा, अर्घाखाँची, वाग्लुङ्ग, रुपन्देही, दाङ, सल्यान लगायतका जिल्लाहरुवाट समेत श्रद्धालुहरुको भीड लाग्ने गर्दछ । श्रद्धालुहरुले कालीगण्डकीमा स्नान गरेपछि ऋषिकेष मन्दिरमा पुजा आराधना गर्नाले आफुले अन्जानमा गरेका सम्पूर्ण पापहरु नष्ट भई मोक्ष प्राप्ति हुन्छ भन्ने विश्वास रहिआएको छ । विशेषगरि माघे संक्रान्तीको दिनमा कालीगण्डकीमा स्नान गर्नाले देव ऋण, पितृ ऋण तथा ऋषि ऋण समेत तिरिने धार्मिक विश्वासका कारण हजारौं श्रद्धालु भक्तजनहरु रिडी क्षेत्र धाममा आउने गर्दछन् ।
स्थानीय रुरु फ्रेण्ड्स युवा क्लव तथा रिडी उद्योग वाणिज्य संघको आयोजना एवं जिल्ला कृषि विकास कार्यालय गुल्मीको सहयोगमा मेलामा घरेलु उत्पादित सामाग्री लगायत कृषि उपज वस्तुहरुलाई समेत प्रदर्शनमा राखिएको छ । मेलालाई आकर्षित गर्नका लागि स्थानीय क्लवले रिडीमा ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुको साथमा विविध सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको छ । रुरु क्षेत्रको प्रचारप्रसारमा महत्वपूर्ण योगदान पुराउँदै आएको रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिले धार्मिक एवं पर्यटकीय क्षेत्र रिडीमा प्रचार प्रसारका साथै मेलाको व्यवस्थापनमा सहयोग गरेको रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिका कार्यकारी अधिकृत नरेश भण्डारीले बताउनु भयो ।
रुरु क्षेत्र धार्मिक, पौराणिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिदै आएको छ । जसका कारण यस क्षेत्रको महिमा नेपाल वाहिर पनि उत्तिकै महत्वपूर्ण रहेको छ । मकर संक्रान्तीको अवसर पारेर संचालन हुने रिडी मेलामा विशेषगरि कम्मल, काम्ला, राडीपाखी, तथा बाँसका चोयाँवाट निर्मित सामाग्रीहरुका साथै ओखरका घाँजी, गुँड, सुन्तला लगायतका बस्तुको राम्रो व्यापार हुने गर्दछ । संक्रान्तीको अवसरमा रिडीमा व्यापार गर्नका लागि वाग्लुङ्ग, रुकुम, रोल्पा, प्यूठान लगायतका जिल्लाहरुदेखि तीन दिन सम्मको यात्रा गरि मानिसहरु आई पुगेका छन् ।
नेपालका चारधाम मध्ये एकधाम रिडी क्षेत्र, धार्मिक, पौराणिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले समेत निकै महत्वपूर्ण मानिदै आएको छ । माघे संक्रान्तीको दिन कालीगण्डकीमा स्नान गरेर रुरु कन्याको दर्शन गरेमा मानिसहरुले आफुले अन्जानमा गरेका सम्पूर्ण पापहरुवाट मुक्ति भई मोक्ष प्राप्त हुन्छ भन्ने किंवदन्ती रहिआएको छ ।