ढिस्कोले पुरिँदा दुई बालकको मृत्यु

1.3K

ढिस्कोले पुरिँदा दुई बालकको मृत्यु

logoप्यूठान, २९ असोज । दशैँका लागि घर पोत्ने माटो लिन गएका एकै घरका दुई बालकको बिहिवार माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ ।

उत्तरी प्यूठानको रजबारा गाविस–८ का मानसिंह घर्तीका १४ वर्षीय छोरा दीपक घर्ती र नौ वर्षीय नोजबहादुर घर्तीको माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

बिहीबार माटो लिन भन्दै गएका दाजुभाइ सम्पर्कविहीन भएपछि परिवारले हिजैदेखि खोजी गरे पनि आजमात्रै ढिस्कोले पुरिएको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो ।

घर पोत्ने माटो लिन भन्दै दाजुभाई बिहीबार अपरान्ह घरदेखि २० मिनेट टाढा माटो खन्न गएका थि