देवदह मेलामा सुरक्षा चासो

338

देवदह मेलामा सुरक्षा चासो

अर्बेन्द्र गिरी/
देवदह, २ माघ । देवदहमा यही माघ १३ गते देखि तेस्रो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव २०७३ हुदैछ ।
माघ २३ गते सम्म चल्ने मेलाको तयारी तिब्र पारिएको मुल व्यवस्थापन समितिले जनाएको छ ।

रुपन्देहीको देवदह नगरपालिका अन्तर्गत बुद्धनगर मण्डपमा आयोजना हुने मेलाको तयारी तिब्र पारिएको मेलाका संयोजक कोस बहादुर गुरुङले जानकारी गराउनुभयो । आज विभिन्न राजनीतक दलका नेता, संघ संस्थाका प्रतिनिधिहरु, प्रहरी विच मेलालाई कसरी सम्पन्न गर्ने विषयमा छलफल भएको थियो ।

इलाका प्रहरी कार्यालय बुटवलका कार्यालय प्रमुख मुकुन्द मरासिनीले केही समय अघि हत्या भएको दुर्गा तिवारीको घटनालाई समेत स्मरण गराउदै हत्यारा छिट्टै कानुनको दायरामा आउने र मेलामा पुर्ण रुपमा सुरक्षाको अनुभुती दिलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

छलफलामा नेपाली काग्रेसका क्षेत्रीय सभापति हिरा केसी,  नेकपा एमालेका धुर्ब खरेल, नेकपा माओबादी केन्द्रका नवराज पुरी, नेकपा माओवदी (विप्लब) का  शिशिर लगायतले आ–आफ्नो तहबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन देवदह व्यापार संघका महासचिब मादव ढकालले गर्नु भएको थियो ।